Comments Add Comment

जापानबाट आएका खगेन्द्रले राहत बाँडे

सन्देश श्रेष्ठ

१८ साउन, पोखरा । कास्कीको माछापुच्छ्रे गाविस वडा नम्बर-६ धिप्राङ्ग घर भई जापानमा व्यवसाय गर्दै आएका खगेन्द्र पुनले भूकम्पपीडितहरुलाई राहत बाँडेका छन् ।

जापानको टोकीयोमा ‘खगेन क्याफे’ सञ्चालन गर्दै आएका उनले स्वदेश फर्किएर राहत वितरण गर्दै धन हुनेसँग मन हुँदैन भन्ने उखानलाई गलत सावित गर्दै उदाहरणीय बनेका छन् ।

khagendra donateजापानीज युवती नै विवाह गरेर उतै घरजम गरिसकेका खगेन्द्र केही दिनअघि राहत वितरणका लागि नेपाल आएका थिए । उनले आफू जन्मिएको माछापुच्छ्रे गाविसका वडा नम्बर १ देखी ९ नम्बरसम्मकै भूकम्पपीडित तथा असहायः वृद्धवृद्धासहित अपाङ्गता भएकाहरुलाई पनि सहयोग गरे ।

खगेन्द्रले माछापुच्छ्रे गाविसको रुम्जा, मिर्सा, लाहाचोक, सरिपाखा, घाचोक लगायतका क्षेत्रमा भुकम्प पीडित २६ परिवारलाई ४ हजारका दरले राहत वितरण गरे । उनले असहाय वृद्धवृद्धा तथा अपाङ्गता भएकाहरुलाई पनि कसैलाई ४ हजार त कसैलाई ६ हजारका दरले सहयोग प्रदान गरे ।

उनले अहिलेसम्म २ लाख १५ हजार रुपैयाँ राहत प्रदान गरिसकेको जानकारी दिदै अझै केही ठाउँमा राहत प्रदान गर्ने बताए । उनले भने,-‘विदेशमा भएपनि मन त नेपालमै हुन्छ नि ! भूकम्प गएलगत्तै आउन नसकेपनि ढिलै भए पनि सहयोग गर्न पाउँदा खुशी लागेको छ ।’

उनले यसअघी जापानमै हुँदा पनि आफूले सिन्धुपाल्चोक, गोरखा लगायतका क्षेत्रमा राहत पठाएको बताए । अहिले भने आफ्नै ठाउँमा आफै उपस्थित भएर बाँढ्न मन लागेर नेपाल आएर बाँडेको बताए । खगेन्द्र केही ठाउँमा राहत वितरण गरेर केही दिनपछि जापान र्फकदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment