Comments Add Comment

हामीले राम्रो खेलेनौं, टीम नै असफल भयो : पारस खड्का

Parash-Khadka

१८ साउन, काठमाडौं । सोमबार काठमाडौंमा ओर्लिएपछि नेपाली टोलीका कप्तान पारस खड्काले सहजै स्वीकार गरे, हामीले राम्रो खेलेनौं ।

उनको निष्कर्ष छ, कुनै एक दुई खेलाडी मात्र होइन, सिङ्गो टीम नै असफल भयो ।’ प्रशिक्षक पुबुदु दाशानायकले खराब प्रदर्शनप्रति क्रिकेट समर्थकहरुसँग माफी मागे ।

टी-२० विश्वकप छनोटको उपाधि जित्ने लक्ष्यका साथ आयरल्याण्ड गएको नेपाल टी-२० विश्वकपसँगै टी-२० मान्यता गुमाएर फर्किएको थियो । यो पटक तयारी पनि विगतमा भन्दा राम्रो थियो । तर, नेपालले पछिल्लो तीन चार वर्षकै खराब क्रिकेट खेल्यो ।

कारण के भन्ने प्रश्नमा पारसकै शब्दमा पोर्टमाटम गरेर हेर्ने हो भने कारणहरु धेरै निस्कन सक्छन् । तर, कप्तान पारसले भने-हामीले राम्रो खेलेनौं । राम्रो नखेलेपछि अरु कुनै कारण छैन ।’

तर, मुख्य कुरा नेपाली टोलीका कुनै पनि सदस्यले आउट स्ट्याण्डिङ खेल्न सकेन । ‘शायद हामीले आफूमाथि बढी दबाव दियौं कि ?’ पारसले भने-कन्डिसनको कुरा गर्ने हो अनफेवरेबल पनि थिएन । हामी क्लाइमेटाइज भइसकेका थियौं । म सँग एक्ज्याक्ट जवाफ छैन ।’

तर, उनले पटकपटक टोलीका सदस्यहरुले क्षमता अनुसार खेल्न नसेकेका स्वीकारे । ‘हामी स्वीकार गर्छौ कि हामीले राम्रो खेलेनौं । हामी फर्ममा थिएनौं’ उनले भने-‘नेपालको ब्याटिङ र बलिङ दुबैमा त्यो फायर पावर थियो, त्यो यो पटक देखिएन ।’

यद्यपि उनी खेलाडीले कोशिश नै गरेका थिएनन् भन्ने तर्कसँग सहमत छैनन् । ‘सबैले कोसिस गरिरहेका थियौं तर, रिजल्ट फेबरमा आएनौं’ उनले भने ।

विश्वकप सजिलो रहेन

विश्वकप छनोटले नेपाली टीमको कमजोरीहरु पनि उदाङ्गो पारेको छ । साथै धेरै पाठ पनि सिकाएको छ । नेपालले २०१४ को विश्वकप खेलेपछि धेरैले विश्वकप सजिलै पुगिन्छ भन्ने लागेको थियो । पारस भन्छन्-‘तर, सबैलाई विश्वकपमा पुग्न सजिलो रहेनछ भन्ने रियलाइज भयो होला । हामीलाई पनि भएको छ ।’

अब एकदिवसीयमा केन्द्रीत हुने 

विश्वकप र टी-२० मान्यता गुमाएपछि नेपालले धेरै अबसर गुमाएको छ । तर, सबै सकिएको भने होइन भन्छन् पारस ।

नेपालले अबको डेढ/दुई वर्ष खेल्ने ठूलो अन्तराष्ट्रिय प्रतियोगिता भनेको विश्व क्रिकेट लिग च्याम्पियनसिप नै हो । यो सन् २०१९ को विश्वकप खेल्ने वाटो समेत बन्न सक्छ ।

Nepali-Cric-team

त्यसैले कप्तान पारसले अब ५० ओभरमा खेलमा केन्द्रीत हुने संकेत गरे । ‘अबको २ वर्ष विश्व क्रिकेट लिग च्याम्पियनसिप छ । त्यहाँबाट माथिल्लो लेभलको क्रिकेट खेल्ने छौं’ उनले भने-हामी डिभिजन वानमा छौं । ५० ओभरमा केन्द्रीत हुन्छौं ।’

तर, त्यहाँ खेल्ने टीमहरु अहिले विश्वकप छनोटमा भेट भएका वा त्यही लेभलका टीमहरु हुन् । च्याम्पियनसिपको सुरुवाती दुई खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भइसकेको छ ।

त्यसैले नेपालको चुनौती भनेको अहिलेको अवस्थाबाट माथि उठ्नु भएको कप्तान पारस र प्रशिक्षक पुवुुदुले बताएका छन् ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment