Comments Add Comment

प्रमुख दलहरुको सीमांकनको सहमति गर्भमै तुहिन्छ : राजेन्द्र महतो

२३ साउन, काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख दलहरुले गरेको संघीयताको सहमतिमा गर्भमै तुहिने बताएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

महतोको पार्टी सद्भावनासहितका मधेस केन्द्रीय दलहरुले सीमांकन विनाको संविधान स्वीकार नगर्ने भन्दै आन्दोलन गरे । पहिलो मस्यौदामा सुझाव दिँदै जनताले पनि सीमांकन गर्न सुझाए पनि चार दलले सहमतिले गरेका छन् ।

तर, यो सीमांकनले अझ असन्तुष्टि बढ्ने देखिएको छ । प्रमुख दलहरुले गरेको सहमतिमा पाँचौ प्रदेशमा रहेका जिल्लाहरुको नाम सुनेपछि महतोले अनलाइनखबरसँग भने-मधेस त साफ भइगायो ।’

बर्दियादेखि नवलपरासीको आधा भाग रहेको यो प्रदेशमा पहाडको रुकुम, सल्यान, रोल्पा, बाग्लुङको केही भाग। प्युठान, गुल्मी, अर्घाखाँची र पल्पा छ ।

महताले दलहरुले गरेको यो सीमांकन गर्भमा नै तुहिने र मधेसमा आन्दोलन हुने बताए । साथै उनले मधेसमा हुने अबको आन्दोलन निर्णायक हुने र त्यसमा सहमति गर्ने दलका नेताहरुकै साथ रहने दाबी गरेका छन् ।

सहमतिप्रति कांग्रेस र एमाओवादीका मधेस केन्द्रीय सभासदहरुले समेत असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment