Comments Add Comment

भाग्यले बाँचेका सशस्त्रका एसपी भन्छन्- आन्दोलनकारी छापामार शैलीमा आएका थिए

८ भदौ, काठमाडौं । सोमबार टीकापुरमा भएको हिंसात्मक झडपमा अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मीले ज्यान गुमाए ।

शान्तिपूर्ण भनिएको आन्दोलनमा उच्च पदस्थ प्रहरी अधिकारी मारिएको सम्भवत यो नै पहिलो घटना हो । आखिर त्यहाँ के भएको थियो जसले गर्दा प्रहरीका उच्च अधिकारी नै मारिए ?

सोही घटनामा मुस्किलले बाँचेका सशस्त्र प्रहरीका एसपी लक्ष्मण बहादुर सिंहले घटनाबारे यसरी सुनाए-

Laxman-Bhadur-Singएसएसपी लक्ष्मण न्यौपाने र म एउटै गाडीमा घटनास्थल गएका थियौं । उहाँको गाडी अगाडि नै गइसकेकाले ‘आज भाइकै गाडीमा जाउँ’ भन्नु भयो । हामी चोकमा पुग्दा झडप सुरु भइसकेको थियो ।

झडपलाई रोक्न सुरक्षाकर्मीले पहिले अश्रुग्यास हानेको थियो । तर, आन्दोलनकारीले एकैचोटी चारैतिरबाट घेरे र हामी बिचमा पर्‍यौं । आन्दोलनकारीको भिड ठूलो थियो । त्यो भिडमा हामी आधाआधा भयौं । एसएसपी साबले भाइहरु केही नगर भनेर सम्झाउँदै हुनुहुन्थ्यो । तर, भिडले सुनेन् र दुःख घटना हुनपुग्यो ।

आन्दोलनकारी छापामार शैलीमा आएका थिए । झडपका क्रममा उनीहरुले ढुंगा धेरै हाने । बढी सुरक्षाकर्मी ढुंगा लागेर घाइते भएका छन् । म आफैं पनि दुई पटक ढुंगाले लागेर ढलेँ । सञ्चार सेटमा कुरा गरिरहँदा ढलेपछि अंगरक्षकले तानेर बचाए । तर, मेरो अंगरक्षक हवल्दार रामबिहारी थारुले ज्यान गुमाए । उनलाई आगो लगाएर मारेका रहेछन् ।

चारैतिरबाट ढुंगा हानेपछि घाइते भएका सुरक्षाकर्मीको उद्धार गर्न खोज्यौं । तर, उनीहरुले चारैतिरबाट घेेरेकाले हामी निस्कन सकेनौं । दुई ठाउँबाट निस्कने प्रयास गरेका थियौं । हामीले त्यसका लागि अश्रुग्यास र हवाइ फायर गरेका थियौं । अश्रुग्यास हान्दा हावाले हामीतिर ल्याइदियो, त्यसले झन् गाह्रो भयो ।

सुरक्षाकर्मीहरुले किन गोली नचलाएको भन्ने पनि प्रश्न गरेको सुनियो । तर, भिडमा संयमता अपनाएर ‘ट्याक्टिकल्ली’ हृयाण्डल नगरेको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो

आन्दोलनकारीले केही दिनअघिदेखि नै गुलेली प्रयोग गर्दै आएका थिए । हिजो भने केहीसँग घरेलु हतियार भाला लगायत पनि थिए । एक दुई ठाउँमा भरुवा बन्दुक प्रयोग भएको भन्ने खबर आएको छ ।

तर, यो सबै थरुहट पक्षले नै गरेको हुन भन्न सक्ने अवस्था छैन् । यसमा घुसपेठ भएको देखिन्छ । माओवादी पूर्व लडाकूहरु आन्दोलनमा प्रयोग भएका छन् । उनीहरुलाई ल्याइएको भन्ने हामीलाई रिपोर्ट आएको छ । बर्दियादेखिका मानिसहरु आएको पाइएको छ ।

अघिल्लो दिन मात्र शान्तिपूर्ण आन्दोलन गर्ने भनेर सर्वपक्षीय सहमति भएको थियो । हामी त्यही अनुसार अघि बढेका थियौं, यस्तो हिंसात्मक घटना हुन्छ भनेेर सोचेका थिएनौ । सुरक्षाकर्मीहरुले किन गोली नचलाएको भन्ने पनि प्रश्न गरेको सुनियो । तर, भिडमा संयमता अपनाएर ‘ट्याक्टिकल्ली’ हृयाण्डल नगरेको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो । हाम्रा सहकर्मीहरुले ज्यान गुमाए तर हामीले हामीले भिडमाथि गोली बर्साएनौं ।

घटनामा दुई वर्षको बालक टेकेन्द्र साउदको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्र साउदका छोरा भएको खुलेको छ । अहिलेसम्म नेपाल प्रहरीका एसएसपीसहित पाँच र सशस्त्र प्रहरीका दुई सुरक्षाकर्मीको मृत्यु भएको छ ।
(अनलाइनखबरसँगको कुराकानीमा आधारित)

यो पनि पढ्नुस् 

यो पनि पढ्नुस्

टीकापुर घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन

थारु आन्दोलनकारीले टीकापुर हत्याको जिम्मेवारी नलिने

टीकापुरमा मारिएका एसएसपी न्यौपानेको अन्तिम बिदाइ

वरिपरी थारु सभासद राखेर देउवाले भने- म कसरी थारु विरोधी भएँ ?

थारुहरुसँग साइनो नभएका मानिसहरु गएर भड्काए : भीम रावल

गृहमन्त्रीले ‘दक्षिणतिरबाट मान्छे आए’ भनेकोमा भारतको आपत्ति

माओवादी पूर्वलडाकु भन्छन्-घुसपैठ होइन, ऐक्यवद्धता हो

टीकापुर घटनाबारे के भन्छन् कैलालीका थारु सभासद ?

थारू आन्दोलनको राजनीतिक निकास खोज्ने चार दलको सहमति

कहाँ लुकेका थिए टीकापुरका सरकारी गुप्तचर ?

टीकापुर घटनाको छानविन गर्न मानवअधिकार आयोगको आग्रह

कैलालीका सिडियो फिर्ता बोलाइए

थारु सभासदले प्रधानमन्त्रीलाई सोधे- कर्फ्यू थारुका लागि मात्र हो कि सबैलाई ?

टीकापुर घटनामा संलग्न भएको आशंकामा चारजना पक्राऊ

सुदूरपश्चिमका सशस्त्र र नेपाल प्रहरीका डीआईजी हेडक्वाटर तानिए

 सोमबारका समाचारहरू

एसएसपीका छोराले धनगढीबाट फोन गरेर भनेः बुवा रहनुभएन, आमा !

टीकापुरसँगै तराईमा देखियो तनाव, कहाँ के भइरहेछ ?

दंगाग्रस्त क्षेत्रमा सेनाले के-के गर्छ ?

एसएसपीले भीडलाई सम्झाउन खोज्दा समातेर जलाइयो

टीकापुर झडपमा एसएसपीसहित ७ सुरक्षाकर्मीको मृत्यु, ५० बढी घाइते

कैलाली दंगाग्रस्त क्षेत्र घोषणा, सेना परिचालन

टीकापुर घटनाबारे गृहमन्त्रीको जवाफ : सुरक्षाकर्मीलाई घेरा हालेर आक्रमण गरियो

कैलालीका प्रजिअ भन्छन्-२० हजार मानिस हतियार बोकेर आए

प्रहरीले फायर खोलेपछि हिंसात्मक झडप भएको हो : सभासद चौधरी

केपी ओलीले भने- प्रहरीमाथि आक्रमण गर्ने अपराधी हुन्

टीकापुर झडपमा भारतीय घुसपैठ हुन सक्छ : मसाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment