Comments Add Comment

टीकापुर घटनाबारे के भन्छन् कैलालीका थारु सभासद ?

८ भदौ, धनगढी । कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा एसएसपिसहित ७ प्रहरी मारिएको घटनाको देशभर तीव्र निन्दा भइरहेको छ । सामाजिक सञ्जालदेखि लिएर चिया पसलसम्म यहि विषयमा बहस चर्किरहेको छ । हामीले ३ ठूला राजनीतिक दलको प्रतिनिधत्व गर्ने कैलालीका ३ थारु सभासदलाई सोध्यौं कैलाली घटनाको जिम्मेवारी कसले लिन्छ ? प्रस्तुत छ उनीहरुको जवाफः

Buddhisagar chaudhariहतियार लैजानु गैरकानुनी हो
बुद्धिसागर चौधरी, नेपाली कांग्रेस

हिजो भएको आन्दोलनको नेतृत्व थरुहट संघर्ष समितिले गरेको हो, त्यसमा मेरो पार्टी नेपाली कांग्रेस संलग्न छैन । थरुहट प्रदेशको माग आजको होइन, २०६४ सालमा अन्तरिम संविधान बनेदेखि नै उठेको हो । दलहरुले प्रदेशको सिमांकन गरेपछि थारुहरुको आन्दोलन व्यापक भएको हो । त्यस क्षेत्रमा थरुहट प्रदेश र अखण्ड सुदूरपश्चिमको माग समानान्तर रुपमा उठिरहेका छन् । हिजो जे घटना भयो त्यो एकदमै दुखद छ । यो अकल्पनीय घटना हो । लोकतन्त्रमा शान्तिपूर्णरुपमा माग राख्ने अधिकार सबैलाई हुन्छ । हातहतियार लैजानु गैरकानूनी हो । मेरो यसमा असहमति छ ।

भारतबाट ४ ट्रक मान्छे आएका छन्

रवनी चौधरी, नेकपा एमाले

rabani Chaudhariमलाई कैलाली घटनाका विषयमा धेरै कुरा थाहा छैन । जति मिडियामा हेरेको छु त्यहि हो । मिडियाले पुलिसको कुराहरु मात्रै लेखेका छन् । मलाई जिल्लाबाट फोन गर्नेहरुले भन्नुभएको छ कि सुरुमा पुलिसले गोली चलाएर ३ जना आन्दोलनकारी मार्‍यो, अनि भिडन्त भएको हो । तर मिडियाले उनीहरुको कुराहरु केहि लेखेको छैन ।

आन्दोलनमा घुसपैठ भएको कुरा पनि सुनेकी छु । इन्डियाबाट ४ ट्रक मान्छे आएका भन्छन् । तर त्यत्रो मान्छे आउञ्जेल प्रहरीले के हेरेर बस्यो त ? उसले सुरुमै नियन्त्रण गर्न सक्नुपथ्र्यो नी । जहाँसम्म यो आन्दोलनको कुरा छ,आन्दोलमा एमालेको संलग्नता छैन । हामी थारु सभासद पनि संघर्ष समितिमा छैनौं र थारु सम्बद्ध एमाले संगठनहरु पनि सहभागी छैनन् ।

घटनाको जिम्मेवारी हामी लिदैनौं
मानबहादुर थारु, एमाओवादी

manbahadur chaudhariयो आन्दोलन थारुहरुको थारु कल्याणकारीको नेतृत्वमा भएको हो । विभिन्न पार्टीका मान्छेहरु छन् यसमा । हिजोको घटनाको विषयमा सबै कुरा हामीकहाँ पनि आइपुगेको छैन । सीमांकनको विषयमा अन्यत्र जिल्लामा माग राख्दा सम्वोधन गरियो । तर थारुहरुको जायज माग सम्वोधन गरिएन भन्ने गुनासो छ । थारुहरुको शान्तिपूर्ण आन्दोलनमा गोली चलाइएपछि झडप भएको हो भन्ने सुनेको छु ।

अब यसलाई फौजी ढंगले हल गरेर हुदैन । यसको राजनीतकि निकास खोज्नुपर्छ । आन्दोलनमा घुसपैठ भएको कुरा मलाई थाहा छैन । हिजो जे घटना भयो त्यसको जिम्मेवारी राजनीतिक दलका ठूला नेताहरुले लिनुपर्छ । किनभने उनीहरुले बेलैमा माग पूरा गरिदिएको भए यो अवस्था आउने नै थिएन । त्यसैले घटनाको जिम्मेवारी हामी लिदैनौं ।

यो पनि पढ्नुस्

टीकापुर घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन

थारु आन्दोलनकारीले टीकापुर हत्याको जिम्मेवारी नलिने

टीकापुरमा मारिएका एसएसपी न्यौपानेको अन्तिम बिदाइ

वरिपरी थारु सभासद राखेर देउवाले भने- म कसरी थारु विरोधी भएँ ?

थारुहरुसँग साइनो नभएका मानिसहरु गएर भड्काए : भीम रावल

गृहमन्त्रीले ‘दक्षिणतिरबाट मान्छे आए’ भनेकोमा भारतको आपत्ति

माओवादी पूर्वलडाकु भन्छन्-घुसपैठ होइन, ऐक्यवद्धता हो

थारू आन्दोलनको राजनीतिक निकास खोज्ने चार दलको सहमति

कहाँ लुकेका थिए टीकापुरका सरकारी गुप्तचर ?

टीकापुर घटनाको छानविन गर्न मानवअधिकार आयोगको आग्रह

कैलालीका सिडियो फिर्ता बोलाइए

 भाग्यले बाँचेका सशस्त्रका एसपी भन्छन्- आन्दोलनकारी छापामार शैलीमा आएका थिए

थारु सभासदले प्रधानमन्त्रीलाई सोधे- कर्फ्यू थारुका लागि मात्र हो कि सबैलाई ?

टीकापुर घटनामा संलग्न भएको आशंकामा चारजना पक्राऊ

सुदूरपश्चिमका सशस्त्र र नेपाल प्रहरीका डीआईजी हेडक्वाटर तानिए

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment