Comments Add Comment

एसएसपीका छोराले धनगढीबाट फोन गरेर भनेः बुवा रहनुभएन, आमा !

Laxman Naupane Family 2

८ साउन, काठमाडौं । एसएसपी लक्ष्मण न्यौपानेका छोरा सन्देश स्नातकको परीक्षा दिएर बुवालाई भेट्न डेढ महिनाअअघि धनगढी पुगेका थिए । तर, उनी काठमाडौं फर्कनेछन् बुवाको निर्जिव शरीर लिएर ।

कैलालीमा भएको झडपमा परी एसएसपी लक्ष्मण न्यौपानेको मृत्यू भएपछि उनको परिवार शोकमा डुबेको छ । खबर सुनेलगत्तै मुर्छित बनेकी उनकी पत्नी अरुणा अहिलेसम्म होशमा आउन सकेकी छैनन् ।

SSP Laxman Naupaneएसएसपी न्यौपानेका आमा, श्रीमती तथा एक छोरा र एक छोरी छन् । छोरा सन्देश र छोरी संयुक्ता दुवैले स्नातकको पढाई सकेका छन् । घुम्न आएका छोरालाई धनगढीमा छोडेर लक्ष्मण टिकापुरमा उत्पन्न तनाव नियन्त्रण गर्न पुगेका थिए ।

सोमबार दिउँसो करिब ३ बजे अरुणाको मोबाइलमा छोराको फोन आएको थियो । ‘आमा, बुवा रहनुभएन,’ सन्देशले रुँदै भने । छोराको मुखबाट पतिवियोगको खबर सुनेकी आमा तत्कालै भुईंमा ढलिन् । धेरैबेरसम्म होशमा नआएपछि उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो ।

करिब ३ घन्टा अस्पतालमा राखेर बेलुकी साढे ६ बजे उनलाई घर फर्काइएको छ । तर, उनी अझै होसमा आउन सकेकी छैनन् । आमासँगै रहेकी छोरी संयुक्ता पनि बोल्न सक्ने अवस्थामा छैनन् ।

सञ्चारमाध्यममा एसएसपी न्यौपानेको मृत्यूको खबर सुनेपछि सिनामंगलस्थित उनको घरमा छरछिमेकी तथा आफन्तहरु ओइरिएका थिए । राति अबेरसम्म पनि घर परिसरमा मानिसहरु टनाटन थिए । अस्पतालबाट प्रहरीको गाडीमा ल्याइएकी अरुणा र छोरी संयुक्तालाई लक्ष्मणका जेठा दाजु जनार्दनको घरमा राखिएको छ ।

Laxman Naupane Family 1

सिनामंगलमा लक्ष्मण र जनार्दनको घर आसपासमै छ । लक्ष्मणका ६ दाजुभाईमध्ये ५ जनाको घर काठमाडौंमा छ भने एक जना चन्द्रगढीमा बस्छन् । बुवा बितिसकेका छन् भने आमा जेठो छोरासँगै बस्छिन् । 

दाजु नयनविनोद न्यौपानेका अनुसार एसएसपि न्यौपाने करिब ३ महिनाअघि अन्तिमपटक काठमाडौं आएका थिए । ‘त्यहि बेला भेट भएदेखि मेरो उसित सम्पर्क थिएन,’ उनले अनलाइनखबरसित भने । सन्देशले बुवाको शव लिएर मंगलबार काठमाडौं आउने खबर पठाएको उनले जानकारी दिए ।

को हुन् एसएसपी न्यौपाने ?

२०१९ सालमा झापा, चन्द्रगढीमा जन्मेका लक्ष्मण इन्सपेक्टर पदबाट २०४४ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २०६८ सालमा एसएसपिमा बढुवा भएका हुन् । यसअघि प्रहरी प्रधानकार्यालय नक्सालमा कार्यरत न्यौपाने एक वर्षअघि सेति अञ्चलको प्रहरी प्रमुख भएर गएका थिए । उनले त्रिचन्द्र क्याम्पसबाट एमएस्सीसम्मको अध्ययन गरेका थिए ।

यो पनि पढ्नुस् 

टीकापुरसँगै तराईमा देखियो तनाव, कहाँ के भइरहेछ ?

दंगाग्रस्त क्षेत्रमा सेनाले के-के गर्छ ?

एसएसपीले भीडलाई सम्झाउन खोज्दा समातेर जलाइयो

टीकापुर झडपमा एसएसपीसहित ७ सुरक्षाकर्मीको मृत्यु, ५० बढी घाइते

कैलाली दंगाग्रस्त क्षेत्र घोषणा, सेना परिचालन

टीकापुर घटनाबारे गृहमन्त्रीको जवाफ : सुरक्षाकर्मीलाई घेरा हालेर आक्रमण गरियो

कैलालीका प्रजिअ भन्छन्-२० हजार मानिस हतियार बोकेर आए

प्रहरीले फायर खोलेपछि हिंसात्मक झडप भएको हो : सभासद चौधरी

केपी ओलीले भने- प्रहरीमाथि आक्रमण गर्ने अपराधी हुन्

टीकापुर झडपमा भारतीय घुसपैठ हुन सक्छ : मसाल

टीकापुर झडपमा कहाँ चुक्यो प्रहरी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment