Comments Add Comment

सेप्टेम्बर ९ मा नयाँ आइफोन आउने, यस्ता हुनेछन् विशेषता

iphone (4)अर्को एक वर्ष गुज्रिएको छ र एप्पल आफ्नो नयाँ संस्करण बजारमा ल्याउन तम्तयार छ । आउँदो सेप्टेम्बरमा ९ मा अमेरिकाको सानफ्रान्सिस्कोमा भव्य वाषिर्कोत्सव कार्यक्रम गर्ने तयारीमा रहेको एप्पल कम्पनीले नयाँ आइफोन कस्तो ल्याउला त ?

सन् २०११ देखि प्रत्येक वर्ष सेप्टेम्बर वा अक्टोबरमा आइफोनको नयाँ संस्करण बजारमा ल्याइरहेको छ एप्पलले । बजारमा आउनु भन्दा अगावै थुप्रै उपभोक्ता हातमा पैसा बोकेर तयार भइसकेका हुन्छन् । भनेपछि, आइफोनको नवौं पुस्ताबाट के-के अपेक्षा गर्न सकिएला ?

अहिलेसम्म बाहिर आएका चर्चाअनुसार आगामी आइफोनका यी बिशेषता हुनेछन् ।

नाम

यदि पछिल्ला प्रवृत्तिलाई निरन्तरता दिएर गत वर्षको आइफोन ६ भन्दा केहि परिमार्जित मात्र गरियो भने यसलाई ‘आइफोन ६ एस’ भनिने छ । तर, एप्पलले ह्याण्डसेटमा आमूल परिवर्तन नै गरिदियो भने यसलाई आइफोन ७ भनिन सक्छ ।

iphone (1)

आकार

पछिल्ला वर्षहरुमा धेरैपटक आकार बढाएपछि एप्पलले यसपटक गत वर्ष जस्तै नियमित मोडलका लागि ४.७ इन्च र प्लस मोडेलका लागि ५.५ इन्चको स्त्रिmनमा चित्त बुझाउनेछ । तर, नयाँ फोन अलिकति मोटो हुन सक्छ । वालस्टि्रट जर्नलले एप्पलको विश्वसनीय स्रोतहरुको हवाला दिँदै फोनको संरचना यथावत् रहने जानकारी दिएको छ । एप्पलले आइफोन ६ मा फोटो खिच्दा धमिलो आउने समस्या समाधान गर्ने छ ।

iphone (2)

थप नयाँ रंगमा

थुप्रै वर्षअघि एप्पलले श्याम-स्वेत सेटमा परिमार्जन गरेर सून र चाँदीका रंग समावेश गरेको थियो । एप्पलको ब्लगमा जनाइए अनुसार यस वर्ष एउटा नयाँ रंग थपिने छ, रोज गोल्ड । यो रंगमा एप्पलको घडी उत्पादन भइरहेको छ ।

iphone (1)

कहिले आउँछ ?

एप्पलले नयाँ आइ फोन उद्घाटन भएको करिब एक सातापछि वा शुक्रबार पारेर अमेरिकामा बिक्री सुरु गर्छ । गत वर्ष औपचारिक उद्घाटन गरिएको १० दिनपछि नयाँ सेट बजारमा आएको थियो । यस पटक १८ सेप्टेम्बरका दिन यो बजारमा आउने सम्भावना धेरै छ ।

एप्पललले पठाएको निम्तो पत्र
एप्पललले पठाएको निम्तो पत्र

के हुनेछन् विशेषता ?

एप्पलले नयाँ आइफोनलाई अझ तेज प्रोसेसर र सुधारिएको क्यामेराले सुसज्जित गर्नेछ । समाचारहरुमा जनाइए अनुसार अबको क्यामेरा ८ मेगापिक्सेलबाट बढाएर १२ मेगापि्रक्सेल बनाइने छ । तर, एप्पलले विज्ञापन गर्न चाहने सबैभन्दा ठूलो विशेषता भनेको फोर्स टच नामको फिचर हुनेछ ।

एप्पल वाचमा प्रयोग भइसकेको फोर्स टचमा प्रयोगकर्ताले स्क्रिनमा छुँदा कुनै एप खुल्छ अथवा जोडले थिच्दा अतिरिक्त नियन्त्रणको सुविधा हाँसिल गर्न सक्छन् । स्रोतः सीएनएन

iphone (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment