Comments Add Comment

न्यूयोर्कमा सम्पन्न भयो ‘ट्राभलिङ किम्फ’

kimff-in-newyork
अमेरिकाको राजधानी न्यूयोर्कमा काठमाण्डौ अन्तरराष्ट्रिय पर्वतिय फिल्म महोत्सव ‘किम्फ’ ट्राभलिङ किम्फका रुपमा सम्पन्न भएको छ । अगष्ट २९मा न्यूयोर्कस्थित शेर्पा किदुगको हलमा पहिलो पटक सम्पन्न यो महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागीता थियो ।

हिमाल एसोसियसनले हरेक बर्ष आयोजना गर्दै आएको किम्फलाई न्यूयोर्कमा एभरेष्ट टाइम्सले सह-आयोजना गरेको थियो । नेपाली जनजीवनलाई दुरुस्त रुपमा पर्दामा उतारिएका वृत्तचित्र न्यूयोर्कमा प्रदर्शन गर्न पाउँदा एभरेष्ट टाइम्सका प्रधानसम्पादक आङछिरिङ शेर्पा खुशी देखिए । यसपटक संकलन भएको रकम सोलुखुम्बु केरुङस्थित चागेस्थान माध्यमिक विद्यालय निर्माणमा खर्च गरिने आयोजकको भनाई छ ।

नेपालका ४७ जिल्लामा प्रदर्शन भइसकेको किम्फ गएको फेव्रुअरीमा हङकङ र मकाउबाट देशबाहिर समेत आयोजना गर्न थालिएको हो । न्यूयोर्कमा यसपटक ‘सुनाकली, पवनु, पुन्टेको पांग्रो, बालकृष्ण सम’ देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment