Comments Add Comment

अब तन्नेरी केटाहरुबिच प्रतिस्पर्धा हुने

model

काठमाडौं । विभिन्न शीर्षकमा हुने सौन्दर्य प्रतियोगितामा युवतिहरुले सहजै प्रवेश पाउने गरेका छन् । कतिपय युवतीले यस्तै कार्यक्रममा सहभागी भएर करिअर समेत बनाउने अवसर पाएका छन् । तर, पुरुषहरु यस्तो अवसर सहजै पाउँदैनन् ।

यही समस्यालाई महसुस् गरेर नेक्स्ट मोडलले ‘मिष्टर ग्लोवल नेपाल २०१५’ आयोजना गर्ने भएको छ । आयोजक संस्थाले जनाए अनुसार कार्यक्रममा नेपाली मुलका जुनसुकै समुदायका १८ देखि २८ बर्षसम्मका युवा सहभागी हुन पाउनेछन् तर, न्युनतम प्लस २ अध्यायन गरेको हुनुपर्ने छ ।

अवसरको खोजीमा रहेका युवालाई अन्तराष्ट्रिय मोडल बनाउन प्रतियोगीताले सहयोग पुग्ने नेक्ष्ट मोडलस्का अध्यक्ष रवि धमलाले बताए । आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर व्यक्तित्व विकासलगायतका बिषयमा प्रतियोगीताले ज्ञान प्रदान गर्ने भएकोले अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी हुन प्रतियोगीलाई सजिलो हुने धमलाको भनाईछ ।

असोजको तेस्रो साता अन्तिम स्पर्धा हुने प्रतियोगीताको पि्र अडिसन देशका प्रमुख शहर काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरानलगायतका स्थानमा हुनेछ ।

पहिलो अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराउने आयोजकको योजना छ । प्रतियोगीतामा शिर्ष सहित फष्ट रनर अफ, सेकेण्ड रनर अप, मिष्टर कन्जेनियालिटी, मोष्ट फोटोजेनिक लगायतका बिधामा पुरस्कृत गरिने भएको छ ।

प्रतियोगीताका शिर्ष बिजेताले एक लाख नगद सहित मिष्टर ग्लोबल २०१६ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment