+
+
Shares

सँस्कृत विश्वविद्यालयको समस्या समाधान गर्न क्रान्तिकारीको माग

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १७ गते १७:११

akhil१७ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले नेपाल सँस्कृत विश्वविद्यालयमा भएको तालावन्दी लगायत सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु यथाशीघ्र समाधान गर्न माग गरेको छ ।

नेपाल सँस्कृत विश्वविद्यालय विभाग प्रमुख रुद्र विष्टले विहीबार विज्ञप्ति निकालेर यस्तो माग गरेका हुन् । हालै नियुक्त उपकुलपतिले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेको आरोपसमेत क्रान्तिकारीले लगाएको छ ।

विश्वविद्यालयका समस्याहरु उपकुलपति र उनी सम्बद्घ विचारसमूहले मात्र समाधान गर्न नसक्ने भन्दै क्रान्तिकारीले सहमतिका आधारमा रिक्त रहेका पदहरु यथाशीघ्र नियुक्त गर्न अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?