+
पीएम कप क्रिकेट :

सन्दीप एक्लैले सात विकेट लिएपछि कर्णालीमाथि बागमतीको जित

२०८२ चैत  १८ गते १५:३७ २०८२ चैत १८ गते १५:३७
सन्दीप एक्लैले सात विकेट लिएपछि कर्णालीमाथि बागमतीको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन्दीप लामिछानेले ७ विकेट लिएपछि पीएम कपमा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि जित हासिल गरेको छ ।
  • बागमतीले दिएको १८१ रनको लक्ष्य पछ्याएको कर्णाली २५.१ ओभरमा १२० रनमा अलआउट भयो ।
  • बागमतीका लागि बिबेक मगरले ५६ रन बनाएका थिए ।

१८ चैत, काठमाडौं । सन्दीप लामिछानेले एक्लै ७ विकेट लिँदै घातक बलिङ गरेपछि पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

बुधबार जनकपुरमा भएको खेलमा बागमतीले कर्णालीमाथि ६० रनको जित हासिल गरेको हो । बागमतीले दिएको १८१ रनको लक्ष्य पछ्याएको कर्णाली २५.१ ओभरमा १२० रनमा अलआउट भयो ।

निश्चल रावलले सर्वाधिक ३१ रन बनाए । दिनेश अधिकारीले २२ तथा बिपिन शाहीले १५, सुनिल धमलाले १४ रन बनाए । कप्तान दिवान पुनले १० रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीका लागि सन्दीपले ९.१ ओभरमा ४० रन दिएर ७ विकेट लिए । पीएम कप इतिहासमा यो चौथो उत्कृष्ट बलिङ हो । यसअघि नेपाल पुलिसका दीपेन्द्र सिंह ऐरी, मधेशका कुमार थापा र कर्णालीका दीपेन्द्र रावतले पनि ७ विकेट लिएर शीर्ष ३ मा छन् ।

रिजन ढकाल, प्रतिश जीसी र सुवास खत्रीले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ३८.४ ओभरमा अलआउट हुँदै १८० रन बनाएको थियो । बिबेक मगरले ५६ रन बनाए भने इशान पान्डेले २७, पवन थापाले २२, शुभ कंसाकारले २० अनि शिवम तिवारीले १८ रन बनाए ।

कर्णालीका लागि कप्तान दिवानले ८ ओभरमा २८ रन दिएर ३ विकेट लिए । प्रकाश जैशी, दिपेन्द्र रावत र निश्चल रावलले २-२ विकेट लिए ।

पीएम कप क्रिकेट सन्दीप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय