१८ चैत, काठमाडौं । नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिलाई ७ दिनभित्र स्पष्टीकरण सोधेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन आयोगको बैठकले ७ दिनभित्र स्पष्टीकरण र सफाइ माग गर्ने निर्णय गरेको हो ।
‘छानबिनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लंघन गरिएको भनी आरोप लागेका व्यक्तिबाट ७ दिनभित्र स्पष्टीकरण र सफाइ माग गर्ने निर्णय भएको छ,’ अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।
उनका अनुसार निम्न व्यक्तिको हकमा हुनेछ अनुशासनको कारबाही–
- निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक बसेकाको बारेमा ।
- निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचार प्रसारमा प्रत्यक्ष सहभागी भएका ।
- पार्टी उम्मेदवारका विरुद्ध प्रत्यक्ष रुपमा विपक्षलाई टेवा पुर्याएका ।
- नेपाली कांग्रेसलाई मत नमागी साइलेन्स किलिङको काम गरेका ।
- नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भइ प्रतिनिधिसभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेका ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4