मानिसहरुले कहिलेकाहीँ भनेको सुनिन्छ की राम्री केटीहरु खराब केटा मन पराउँछन् । यहाँ खराब भन्नुको मतलब कुनै अपराधी केटा भन्न खोजिएको होइन । त्यस्तो खराब केटा जसले पार्टनरको भावना बुझ्दैन र आफ्नो इच्छालाई सर्वोपरी ठान्दछ, अलिक कडा हुन्छ र आफ्नो शर्तमा जिन्दगी जिउँछ ।
त्यस्तो खराब केटा जसले अरुको बारेमा सोँच्नुभन्दा पहिले आफ्नै लागि मात्र सोँच्दछ अनि उसका लागि सम्वेदना भन्ने कुराले खासै अर्थ राख्दैन । त्यसको विपरित एक असल केटा हरेक समय यो कोसिसमा रहन्छ की, आफ्नो पार्टनरलाई कसरी खुसी राख्ने ? तर यति हुँदाहुँदै पनि केटीहरु दोश्रो खालको असल केटालाई भन्दा पहिलो नम्बरको हुल्याहा तथा स्वार्थी केटालाई मन पराउँछन् ।
केटीहरुको यस्तो खाले व्यवहारका विषयमा विभिन्न अध्ययन अनुसन्धान भएका छन् । मानव व्यवहारको अध्ययन गर्ने केही शोधकर्ताहरुका अनुसार यसो हुनुमा महिलाहरुको हठी मनोविज्ञानले काम गरेको हुन्छ । आफुले खराब भन्दा खराब केटालाई पनि सुधार्न सक्छु भन्ने उनीहरुलाई लाग्दछ । यसो गर्नुमा थ्रिल महसुस हुन्छ उनीहरुलाई ।
खराब केटाप्रति नै लगाव राख्ने केटीहरुको यस्तो व्यवहारलाई शोधकर्ताहरुले बच्चा पारा को उपमा दिन्छन् । बच्चाहरुमा पनि यस्तै आनीबानी हुन्छ । जुन कुरा गर्नु हुँदैन भनेर सम्झाइएको हुन्छ बच्चाबच्चीहरु सोही कुरा गर्नतर्फ अग्रसर हुन्छन् । बच्चाहरुलाई पनि गलत कामकुरा गर्दा निकै अनौठो खुसी मिल्दछ । केटीहरु पनि यस्तै खराब केटाहरुलाई आफ्नो बनाएर उसलाई सुधार्नमा मज्जा ठान्दछन् अनि त्यसलाई आफ्नो जिम्मेवारी पनि मान्दछन् ।
तर शोधकर्ताहरुले के पनि भनेका छन् भने खराब केटा मन पराउने केटीहरुको यस्तो व्यवहार निश्चित उमेर सम्मका लागि मात्र हो । युवतीहरु जति कम उमेरका हुन्छन् उनीहरु उति नै बढि जोखिम मोल्नुमा आनन्द लिन्छन् तर उमेर छिप्पिँदै गएपछि भने उनीहरु जोखिम भन्दा पनि तत्कालिक लाभ वा सुरक्षा खोज्दछन् अनि खराब केटाहरुको साटो सोझासिधा केटा मन पराउन थाल्दछन् ।
अलिक उमेर छिप्पिएर बिहे गर्दाताका समेत केटीहरु आफ्नो भावना बुझ्ने तथा असल तथा इमान्दार केटा रोज्दछन्, र रुप मन पर्यो भन्दैमा जस्तोसुकै हुल्याहा केटालाई जिवनसाथी बनाउने निर्णयमा पुग्दैनन् ।
प्रतिक्रिया 4