News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुमपूर्वको भूमे गाउँपालिकाका विभिन्न बस्तीमा तीन दिनदेखि नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ।
- मोबाइल सेवा अवरुद्ध हुँदा बैंकिङ सेवा, विद्यालय, स्वास्थ्य सेवा र प्रशासनिक कामकाज प्रभावित भएका छन्।
- नेपाल टेलिकमको रुकुमपूर्व कार्यालयले सेवा अवरुद्धको कारणबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
१८ चैत, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकाका विभिन्न बस्तीहरूमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।
नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध हुँदा स्थानीय जनजीवन प्रभावित भएको छ। सोमबारदेखि सेवा ठप्प भएपछि झुम्लाबाङ, मोराबाङ, सिमा, जितखोला, खाबाङ, महतलगायतका गाउँहरू सञ्चारविहीन बनेका छन्।
मोबाइल सेवामा निर्भरता बढ्दै गएको अवस्थामा नेटवर्क अवरुद्ध हुँदा बैंकिङ सेवा, विद्यालयका गतिविधि, स्वास्थ्य सेवा तथा पालिकाका प्रशासनिक कामकाज प्रभावित बनेका छन्।
डिजिटल माध्यमबाट हुने सेवा प्रवाहमा अवरोध आउँदा स्थानीय बासिन्दा दैनिक कामकाज सञ्चालन गर्न समेत कठिनाइमा परेका छन्।
नेपाल टेलिकमको रुकुमपूर्वस्थित कार्यालयले भने हालसम्म सेवा अवरुद्ध हुनुको कारणबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।
यसैबीच, नेटवर्क अवरुद्ध भएपछि स्थानीय चन्द्र रसाइलीले सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएका छन् । उनले भूमे–६ महतमा रहेको टेलिकम टावरको दीर्घकालीन व्यवस्थापन हुन नसकेको उल्लेख गर्दै स्थानीय विद्युत् अवरोधका कारण बारम्बार सेवा ठप्प हुने समस्या दोहोरिँदै आएको बताएका छन्।
प्रतिक्रिया 4