+

नयाँ सरकारको प्राथमिकतामा सरुवा रोग ‘टच’ नै भएन

२०८२ चैत  १८ गते १३:१७ २०८२ चैत १८ गते १३:१७

सरुवा रोगले जनस्वास्थ्यमा निकै ठूलो समस्या निम्त्याउनुका साथै महामारीको रूप समेत लिन सक्ने भएकाले यसलाई बेवास्ता गर्नै मिल्दैन ।

Shares
नयाँ सरकारको प्राथमिकतामा सरुवा रोग ‘टच’ नै भएन

चुनाव सकिएसँगै नयाँ सरकार बनेपछि जनअपेक्षा पनि चुलिएको छ । विशेष गरी सबैले आ-आफ्नो क्षेत्रसँग नै जोडेर जनअपेक्षालाई हेर्ने गरेका छन् ।

यही अनुरूप स्वस्थाकर्मीहरूले पनि स्वास्थ क्षेत्रमा उल्लेखनीय सुधारको अपेक्षा गरेका छन् । दुई दशक यस क्षेत्रमा काम गर्दा नेपालमा देखिँदै आएको सरुवा रोगको ट्रेन्डलाई नजिकबाट नियाल्ने अवसर पाइएको छ । सरकारको १०० कार्यसूचीमा स्वास्थ अन्तर्गत सरुवा रोग प्राथमिकतामा पर्छ कि पर्दैन भन्नेमा मेरो विशेष चासो थियो ।

तर त्यो कार्यसूचीमा सरुवा रोगको विषय ‘टच’ सम्म पनि भएको देखिएन । हुनत नेपालमा फरक–फरक अंगहरूसँग सम्बन्धित नसर्ने स्वास्थ समस्याहरू पनि धेरै छन् अर्थात तीब्र गतिमा बढ्दै गइरहेको छ । कतिपय सरुवा रोग नियमित तर मौसमी रोगको रुपमा देखिने गर्दछन् । कतिपय तुलनात्मक रुपमा नयाँ अनि अप्रत्याशित देखिने गर्दछन् । यस्ता समस्या कहिलेकाहीँ महामारीको रूपमा विश्वव्यापी गरेका छन् ।जस्तै:- उदाहरणका लागि कोभिड-१९ महामारी नेपालसहित विश्वले झेलेको ठूलो महामारी हो ।

नेपालमा कतिपय संक्रामक रोगहरूले फेरि ‘कम्ब्याक’ गरेको पनि देखिन्छ । पछिल्लो पटक लामो समय नियन्त्रणमा रहेको किटजन्य रोग जापानी इन्सेफ्लाइटिसको कम्ब्याकलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

त्यस्तै लगभग नियन्त्रित नै देखिएको दादुरा जस्तो संक्रामक रोग पनि नेपालमा बढ्दो देखिन्छ । यी दुवैलाई पछिल्ला केही वर्षदेखि खोपको सहायताले नियन्त्रित गरिएको थियो । तर हाल यसको कम्ब्याकले नेपालले अपनाउदै आएको रणनीतिमा पुनर्विचार गर्नु पर्ने हो कि भन्ने प्रश्न खडा गरिदिएको छ । वास्तवमा, फेरि कम्ब्याक गर्दै गरेका संक्रमणको बारेमा सुक्ष्म विश्लेषणको अपरिहार्यता पनि देखिन्छ ।

यी त प्रतिनिधि घटनाहरू मात्र हुन् । यस्ता धेरै संक्रामक रोगहरू हाल नियन्त्रित अवस्थामा रहेको तर फेरि पनि देखिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन।

नेपालमा अहिले ज्वरो आएमा किन ज्वरो आएको हो भनेर केही संक्रमणहरूको मात्रै पहिचान गर्न सकिने अवस्था छ । अर्थात् परीक्षणको सीमितताले गर्दा धेरै संक्रमणहरू पहिचान नै हुँदैनन् ।

टेकु अस्पतालमा धेरै जसोमा ज्वरोको कारण पत्ता लाग्ने गरेको पाइँदैन । संक्रमणको पहिचान गर्न सके रोगलाई थप फैलिनबाट रोक्ने उपायहरू अपनाउन सकिन्छ । साथै सही उपचार अनि परामर्शका लागि महत्वपूर्ण मिल्छ ।

जस्तै डेंगु र स्क्रबटाइफस लगभग एकै समयतिर देखिने गर्दछन् । यसका लक्षणहरूमा धेरै समानता पाइन्छ तर यो दुई संक्रमणका कारण, बच्ने उपाय र उपचार भने फरक हुने गर्छ ।

त्यस्तै कोभिड-१९ र फ्लू भाइरसमा पनि सर्ने तरिकादेखि कतिपय लक्षणहरूमा समानता देखिन्छन् । तर यसको उपचार र खोप भने फरक हुन्छ । यसबाट बुझ्न सकिन्छ, संक्रमणको सही पहिचान कति महत्वपूर्ण छ भनेर ।

सिजन, भूगोल वा विश्वमा (आयातित संक्रमण) देखिएको सरुवा रोगको आधारमा थप जीवाणु पहिचानका लागि परीक्षण सेवा थप बढानुपर्छ ।

हाल नेपाल सरकारको एकमात्र केन्द्रीय अस्पतालको रूपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल छ । वि.सं. १९९० मा स्थापना भएको यो अस्पतालको भौतिक संरचना २१औ शताब्दीमा देखिँदै आएको वा देखिन सक्ने नयाँ-नयाँ अनि घातक संक्रामक रोग उपचारका लागि पर्याप्त र उपयुक्त छैन ।

यद्यपि कोभिड-१९ महामारीमा अस्पतालले खेलेको भूमिका भने सह्रानीय थियो । हालको जनसख्या अनि सम्भावित प्रकोप वा महामारीलाई आधार मानेर सुविधासम्पन्न सरुवा रोग अस्पतालको निर्माण गर्न अति जरुरी भइसकेको छ । कोभिड-१९ महामारीपछि तत्कालीन सरकारले टेकु अस्पताललाई स्तरोन्ति गर्ने घोषणा गरेको भए पनि त्यसले हालसम्म मूर्तरुप लिन सकेको छैन ।

रोगको पहिचान, उपचार र नियन्त्रणमा रिसर्चको सबैभन्दा महत्वपूर्ण भूमिका हुनेगर्छ । विश्वमा जति पनि रोगहरू माथि विजय प्राप्त गरिएका छन् त्यसमा रिसर्चको सबैभन्दा ठूलो योगदान देखिन्छ । माथि उल्लेख गरिएझैँ धेरैमा ज्वरोको कारण थाहा नहुनुमा पनि पर्याप्त अनुसन्धान नभएर नै भएको प्रष्टै देखिन्छ ।

मैले नेपालमा दक्षिण एसियाकै हबको रूपमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गर्ने परिकल्पना गरेको थिएँ । यसका लागि ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) जस्ता संस्थाको स्थापना गर्ने वा ‘वान हेल्थ’ अवधारणाको विकास गरी कार्यान्वन गर्न सके संक्रमण नियन्त्रणमा धेरै सहज हुने थियो । ‘वान हेल्थ’ को अवधारणा भन्नाले मानिस, पशु तथा वातावरण स्वास्थसंग सम्बन्धित विज्ञहरूको सामूहिक सहकार्य हो भन्ने बुझिन्छ।

अन्तमा, कतिपय सरुवा रोग मौसमी हुने हुँदा अनुमानित नै हुन्छन् भने कतिपय अचानक प्रकोपको रुपमा देखा पर्ने गर्दछन् । त्यस्तै कतिपय आयातित पनि हुने गर्दछन् । तर यी कुनै पनि सरुवा रोग नियन्त्रणका लागि विस्तृत योजना सरकारको प्राथमिकतामा पर्न अतिआवश्यक हुन्छ ।

हालै सरकारले प्रकाशित गरेको १०० प्राथमिक सूचीमा स्वास्थ अन्तर्गत सरुवा रोग परेको देखिँदैन । सरुवा रोगले जनस्वास्थ्यमा निकै ठूलो समस्या निम्त्याउनुका साथै महामारीको रूप समेत लिन सक्ने भएकाले यसलाई बेवास्ता गर्नै मिल्दैन । सुविधासम्पन्न आधुनिक सरुवा रोग अस्पताल तथा उच्च स्तरको अनुसन्धान गर्न सक्ने संस्थाको विकास गर्नु आवश्यक छ । यति भै मात्र नेपालले २१औँ शताब्दीमा देखिएका वा देखिन सक्ने घातक संक्रामक रोगसँग समाना गर्ने ल्याकत राख्छ ।

यसका लागि सरुवा रोग सरकारको प्राथमिकतामा पर्न भने जरुरी हुन्छ ।

सरुवा रोग
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिकित्सा सेवा सुधारमा सकस

चिकित्सा सेवा सुधारमा सकस

नयाँ सरकारको प्राथमिकतामा सरुवा रोग ‘टच’ नै भएन

नयाँ सरकारको प्राथमिकतामा सरुवा रोग ‘टच’ नै भएन

गर्भावस्थामा पिसाबको संक्रमण किन बढी देखिन्छ ?

गर्भावस्थामा पिसाबको संक्रमण किन बढी देखिन्छ ?

स्वस्थ ठान्दै खाइने बजारका खानेकुरा हुँदैनन् साँच्चिकै स्वस्थ

स्वस्थ ठान्दै खाइने बजारका खानेकुरा हुँदैनन् साँच्चिकै स्वस्थ

खाना खाएपछि तुरुन्तै शौचालय जानुपर्ने अवस्था किन आउँछ ?

खाना खाएपछि तुरुन्तै शौचालय जानुपर्ने अवस्था किन आउँछ ?

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी