+
+
Shares

रामकृष्ण, बद्री र शीलाले डीसी घन्काए, मुन्द्रे र नीरूले दर्शक हँसाए

वाशिंगटन डीसी । नेपालका चर्चित गायक रामकृष्ण ढकाल, लोकदोहोरी गायक बद्री पंगेनी तथा गायिका शीला आलेले अमेरिकाको वासिंगटन डीसी घन्काए ।

नेपालीहरूको महान चाड बडा दशैँ तथा तिहारको अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आयोजनामा डीसीमा भएको सांगितिक कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरूले नेपालकै झल्को दिलाए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १५:४०

विजय थापा

dc-3

वाशिंगटन डीसी । नेपालका चर्चित गायक रामकृष्ण ढकाल, लोकदोहोरी गायक बद्री पंगेनी तथा गायिका शीला आलेले अमेरिकाको वासिंगटन डीसी घन्काए ।

नेपालीहरूको महान चाड बडा दशैँ तथा तिहारको अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आयोजनामा डीसीमा भएको सांगितिक कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरूले नेपालकै झल्को दिलाए ।

डिसी महानगर क्षेत्रको भर्जिनियामा नेजा नाइट २०१५ को नाम दिइएको सांस्कृतिक कार्यक्रममा भुटानी समुदायका चर्चित गायक कृष्ण  ढकाल तथा नेपालका ख्यातीप्राप्त हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) तथा नृत्यांगना निर्मला खड्का (निरु) ले पनि नेपाली दर्शकहरूलार्इ भरपूर मनोरञ्जन दिए ।

सांस्कृतिक कार्यक्रममा निरु खड्काले हाँस्य कलाकार जीतुको साथमा हसाउँने मात्र काम गरिनन्, राष्ट्रियता झल्काउने सुन्दर शान्त नेपाल गीतमा नृत्य प्रस्त गरेर तीन छक पारिन् ।

dc-4

प्रख्यात लोक गायिका शीला आलेको गीतमा दर्शकहरू मंचमै अएर छमछम नाँचे । बद्री पंगेनीको हात हेराउँदा ज्योतिषीले गीतले दर्शकलार्इ मन्त्रमुग्ध तुल्यायो ।

दर्शक मन थाम्न नसकी लोकगीत तथा दोहोरी गीतमा नाचेर साथ दिएका थिए । नेपाली तथा भुटानी समुदायका गायकद्वयढकालले दर्शककै अनुरोधमा अजरअमरगीतहरू पनि गाए ।

कार्यक्रम संचालन संचारकर्मी परशु तिमिल्सिना तथा वर्ल्ड बिजनेश एण्ड म्यानेजमेन्ट कन्सलट्यान्ट एलएलसी युएसए का संस्थापक बुद्धिप्रसाद रेग्मीले गरेका थिए l कार्यक्रममा संस्थाका अध्यक्ष गौतम दाहालले स्वागत मन्तब्य तथा नेजाका क्षेत्रीय उपाध्यक्ष विश्वराज थापाले धन्यवाद ज्ञापन गरेका थिए l

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीले कलाकारलाई सम्मान गरेका थिए ।

dc-2

अब न्यूयोर्क तताउँदै कलाकारहरू

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आइतवार सेप्टेम्वर २७ मा न्यूयोर्कमा नाइटकै नाममा यस्तै सांगीतिक कार्यक्रम गर्ने भएको छ l -नेजाले आफ्नो संस्थाको आकस्मिक कोषमा रकम संकलन गर्ने उद्देश्यले नेजा नाइट २०१५ गरेको हो ।

कार्यक्रम वर्ल्ड बिजनेश एण्ड म्यानेजमेन्ट कन्सलट्यान्टको समन्वयमा आयोजना गरिएको हो l नेजाले कार्यक्रमको सम्पूर्ण खर्च कटाएर बाँकी रकम नेजाको आकस्मिक कोषमा जम्मा गर्ने र नेपाल तथा अमेरिकामा विभिन्न परिस्थितिका कारण अप्ठ्यारोमा परेका सहकर्मी पत्रकारहरुलाई सहयोग गर्ने भएको छ l कार्यक्रममा १२ वर्षभन्दा कम उमेरका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।

dc-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?