+
+
Shares

ब्युँतियो तराई मधेश लोकतान्त्रिक पार्टी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते ११:२७

१८ चैत, काठमाडौं । वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले जसपा नेपालसँगको एकीकरण भंग गरेको छ ।

गत मंसिर २४ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता प्रगतिशील पार्टी नेपाल र तमलोपा बीच एकीकरण भएको थियो । त्यसको करिब तीन हप्तापछि लोसपा र जनता समाजवादी पार्टी (जसपा) नेपाल बीच एकता भएको थियो ।

तमलोपाका नेता रविशंकरकुमार कर्णले तमलोपा ब्युँतिएको बताए । उनले भने, ‘हामी पार्टी एकतामा गएका थियौं । हामी तमलोपाकै हैसियतामा सक्रिय छौं, आयोगमा दर्ता छँदैछ ।’

जसपा नेपाल र लोसपाका नेताहरूले पार्टी एकीकरण गर्ने बेलाको वाचा पुरा नगरेपछि आफूहरूले पुरानै पार्टी ब्युँताउनु परेको तमलोपाका एक नेताले बताए । ती नेताले भने, ‘नेताहरूले संस्थागत मुल्य, राजनीतिक मर्यादा र आत्मसम्मानलाई वेवास्ता गर्नु भयो ।’

२०७९ को निर्वाचनमा तमलोपाले समानुपातिकमा २ हजार ५८५ मत पाएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?