४ असोज, काठमाडौं । मधेसी, जनजाति र मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीका कार्यकर्ताले काठमाडौंको भोटाहिटीमा नयाँ संविधानको प्रति जलाएका छन् ।
मधेसी र आदिवासी जनजाति दलहरु आवद्ध संघीय गठबन्धन तथा वैद्य माओवादी नेतृत्वको ३० दलीय मोर्चाले संयुक्तरुपमा नयाँ संविधान जलाएका हुन् ।
असन्तुष्ट दलहरुले सुन्धाराबाट जुलुस निकाले थिए । भोटाहिटीमा पुगेपछि संविधान जलाए । संविधानको प्रति जनाउन रोक्न खोजेपछि झडप समेत भएको थियो ।
प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले लाठीचार्ज गर्दै आन्दोलनकारी तितर-वितर भएका थिए ।
नयाँ संविधान जारी भएको दिन असोज ३ लाई कालो दिनका रुपमा मनाएका असन्तुष्ट दलहरुले सोमबार देशभर संविधान जलाएर विरोध गरेका छन् ।
भिडियो
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment



प्रतिक्रिया 4