+
+

झापामा भरुवा बन्दुकसहित तीन पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ७ गते ९:३४

७ असोज, झापा । झापाको शनिअर्जुन नगरपालिका–३ दहिझोडाबाट एक थान भरुवा बन्दुक, ७० ग्राम बारुद छर्रा र एक थान मोटरसाइकलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिकार खेल्न गइरहेको अवस्थामा बुधबार साँझ उनीहरूलार्इ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा खुदुनाबारी गाविस–८ बस्ने २० वर्षीय सनम खतिवडा र २४ वर्षीय प्रदीप भण्डारी तथा शनिअर्जुन नगरपालिका–३ बस्ने २३ वर्षीय गौरव बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?