+
+

सेनाले सगरमाथा र ल्होत्से हिमालबाट दुई जनाको शव काठमाडौं ल्यायो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते २०:४२

४ जेठ, काठमाडौं । नेपाली सेनाले ‘सफा हिमाल अभियान’अन्तर्गत सगरमाथाको क्याम्प ४ र ल्होत्से हिमालको शिखर नजिकबाट एक/एक गरी दुई जनाको शव काठमाडौं ल्याएको छ ।

लामो समयदेखि अलपत्र दुई शवलाई सफा हिमाल अभियानअन्तर्गत काठमाडौं ल्याइएको सैनिक प्रवक्ता गौरव केसीले बताए । उनका अनुसार बेस क्याम्पबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत दुवै शवलाई त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ ।

‘पहिचान नखुल्ने भएकाले पोष्टमार्टम गरेर डीएनए संकलन लगायतका प्रक्रिया अघि बढाइने छ’, उनले भने, ‘यो वर्ष कम्तिमा ५ वटा शव हिमालबाट ल्याउने लक्ष्य छ ।’

अभियानका क्रममा हालसम्म ८ हजार ६ सय २० केजी फोहोर संकलन गरेर तीमध्ये २५० किलो कुहिने फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरिएको केसीले बताए ।

उनका अनुसार यस वर्षको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहोर संकलन गर्ने योजना छ । नेपाली सेनाका सेनानी आदित्य कार्कीको नेतृत्वमा २ वैशाखबाट १२ सैनिक र एक शेर्पासहित १३ जनाको टोलीले हिमालबाट फोहोर संकलन गर्ने अभियान चलाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?