Comments Add Comment

गर्भवती हुँदा मात्रै कुर्ता लगाएकी छु: चम्सुरी

palpasa1

पल्पसा डंगोल ‘चम्सुरी’ अहिलेकी चर्चित हास्यकलाकार हुन् । हाँस्य टेलिश्रृङ्खला मेरी बास्सैमा चम्सुरीको भुमिका निर्वाह गर्दै आएकी पल्पसा स्टेज कार्यक्रममा पनि सक्रिय छिन् । टेलिचलचित्र, टेलिभिजन कार्यक्रम, फिचर फिल्म र स्टेजमा समेत उनको उपस्थिती देखिन्छ । अनलाइनखबरको ‘सेलीब्रेटी फेशन’ स्तम्भ अन्र्तगत उनीसँग गरिएको कुराकानीः

तपाईं कत्तिको फेसनेबल हो ?
आफुलाई कुन ठाउँमा कसरी प्रस्तुत गर्नुपर्छ त्यो बुझेर फेसन गर्छु । मलाई फेसनेवल भन्दा हुन्छ । कलाकार भएपछि फेसनेवल हुनैपर्छ ।

मन पर्ने पहिरन के-के हुन् ?
टिसर्ट र पाइन्ट नै मनपर्छ ।

मन नपर्ने पनि छ ?
मलाई कुर्ता, सुरुवाल, टप्स पटक्कै मन पर्दैन । कुर्ता सुरुवाल प्रेग्नेन्ट भएको बेला मात्रै लगाएँ । त्यो पनि ठूलो भुँडी नदेखियोस् भन्नका लागि । मलाई साथीहरुले पनि कुर्ता सुहाउदैन भन्छन् ।

लुगा किन्दा के-के कुरामा ध्यान दिनुहुन्छ ?
कलरमा ध्यान दिन्छु । ब्राण्ड पनि हेर्छु तर, ब्राण्ड बिनाका लुगा किन्दै नकिन्ने चाँही होइन । आफुलाई कस्तो लुगा सुहाउछ त्यसैमा ध्यान दिन्छु । डिजाइन पनि राम्रो लाग्नुपर्‍यो ।

Palpasa Dangol_Fashion

बजारमा आएका नयाँ-नयाँ फेसनबारे कसरी जानकारी लिनुहुन्छ ?
यस्ता डिजाइनहरु धेरैजसो कुर्ता र टप्सको आउने हो । मलाई त्यो चाहिँदै चाहिँदैन । पाइन्ट र टिसर्ट त कसैले लगाएको मनपर्‍यो भने किन्न गइहाल्छु ।

विदेशी सेलिबि्रटीको फेसन कत्तिको नक्कल गर्नुहुन्छ ?
विदेशी सेलीब्रेटी र हाम्रो शरीरको आकारप्रकार नै फरक हुन्छ । त्यसकारण उनीहरुको नक्कल गरे पनि हामीलाई सुहाउदैन । अर्को कुरा हामीलाई त्यसरी नक्कल गर्नुपर्ने जरुरी नै छैन ।

तपाईंलाई कस्तो रंगको लुगा सुहाउछ ?
मेरो स्पेशन कलर ब्ल्याक हो । ९० प्रतिशत भन्दा धेरै लुगा कालै छ ।

तपाईसँग अहिले लुगा कति जोर होला ?
खै कति छ कति । ठूल्ठूला तीनवटा दराज लुगैलुगाले भरिएको छ ।

सारी लगाउन कत्तिको मन पर्छ ?
मन पर्छ । तर, सँधै लगाउदिन । सारी लाउन त्यस्तै खालका कार्यक्रम हुनुपर्छ ।

मिनिस्कर्ट लगाउनु भएको छ ?
लगाएको छु । अस्ती भर्खर एउटा प्रोग्राममा लगाएकी थिएँ । छोरीले राम्रो देखिएको कुरा गरेकी थिई । मिनीस्कर्ट भन्दा पनि स्कर्ट बेलाबखत लगाउँछु ।

आफ्नो डे्रसको वारेमा कोसँग सल्लाह लिनुहुन्छ ?
ठुली छोरीसँग । कुनै पनि डे्रस लगाइसकेपछि यो कस्तो देखियो भनेर सोध्छु । उसले सही मुल्याङ्कन गर्छे ।

लुगाको सपिङ प्राय कहाँ गर्नुहुन्छ ?
पहिला-पहिला कुमारीपाटीतिरै गर्थें । अहिले पिपल्स प्लाजातिर जान्छु ।

लुगा किन्दा कतिसम्म बार्गेनिङ गर्नुहुन्छ ?
अलि-अलि त गर्नु परिहाल्छ । तर, अहिले धेरैजसो ठाउँमा फिक्स्ड प्राइस हुन्छ, के किचकिच गर्नु ।

बजारमा लुगा छनोट गर्न कति समय लाग्छ ?
लाग्छ नि । हेर्नु पर्‍यो । छान्नु पर्‍यो । १०/१५ मिनेटदेखि आधा घण्टासम्म पनि लाग्न सक्छ ।

लुगा किन्न एक्लै जानुहुन्छ कि अरुलाई पनि लैजानुहुन्छ ?
कहिले एक्लै जान्छु । कहिले श्रीमानलाई लैजान्छु ।

आफूलाई बाहेक अरु कसका लागि लुगा किनिदिनुहुन्छ ?
मलाई भन्दा पहिला छोरीहरुका लागि किनिदिन्छु ।

palpasa1111

तपाईंको नजरमा केटीहरुले लगाउने सबैभन्दा सेक्सी लुगा के हो ?
सबैभन्दा सेक्सी ड्रेस सारी नै हो ।

लुगा आइरन आफैं गर्नुहुन्छ कि अरुले गर्छन् ?
लुगा धुने र आइरन गर्ने काम म आफैं गर्छु । तर, म प्राय आइरन गर्न नपर्ने लुगा मात्रै किन्छु ।

विदेशमा जाँदा कस्ता लुगा किन्नुहुन्छ ? कुन देशमा लुगा किन्न मन पर्छ ?
विदेश जाँदा मैले ल्याउने भनेकै लुगा हो । यो ठिक यो बेठिक भन्ने छैन । आफुलाई मन पर्ने छ भने जहाँ जाँदा पनि कपडा नै लिएर आउछु ।

जुत्ता र ड्रेसअपको सेट कसरी मिलाउनुहुन्छ ?
मैले प्राय कालो डे्रस लगाउने भएकाले खासै समस्या छैन ।

तपाईंसँग कति जोडी जुत्ता छन् ?
होला २० जोर भन्दा बढी ।

घर बस्दा के लगाउनुहुन्छ ?
वानपीस, ट्राउजर वा अरु जे सजिलो हुन्छ त्यहि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment