+
+
Shares

पोखरामा खुल्यो माउन्टेनमग कफी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १३:४७

४ वैशाख, पोखरा । प्रिमियम कफी ब्रान्ड माउन्टेनमग कफी पोखराको बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ । कम्पनीले आइकोनिक वाल कभरिङ ब्रान्ड फोमी नेपालसँगको साझेदारीमा बिन्ध्यवासिनीस्थित फोमी पोखरा एक्स्पिरियन्स सेन्टरमा नयाँ आउटलेट शुभारम्भ गरेको हो ।

यस सहकार्यले ग्राहकलाई केवल कफीको स्वाद मात्र नभई आधुनिक डिजाइन र इनोभेटिभ स्पेससहितको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

माउन्टेनमग कफीले छोटो समयमै प्रिमियम कफी ब्रान्डका रूपमा आफ्नो पहिचान स्थापित गरेको दावी कम्पनीको छ । हाल माउन्टेनमग कफीका नेपालमा चारवटा आउटलेट सञ्चालनमा रहेका छन् ।

पोखराजस्तो पर्यटकीय शहरमा स्थापना भएको यो आउटलेटले नेपाली कफीको लोकप्रियता बढाउने र स्थानीय कफी संस्कृतिको प्रवर्द्धामा समेत टेवा पुर्‍याउने अपेक्षा कम्पनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?