+
+
Shares

प्रधानमन्त्री शाहले पाए अवहेलना मुद्दामा वारेसको अनुमति

न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवेहलना मुद्दामा तारिख खेप्न वारेसको सुविधा दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ।
  • न्यायाधीश हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवहेलना मुद्दामा तारिख खेप्न वारेसको सुविधा दिएको हो।
  • अब प्रधानमन्त्री शाहको साटो उनका वारेस गएर पनि मुद्दाको तारेख लिन पाउनेछन्।

४ वैशाख, काठमाडौं ।  सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ । न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवेहलना मुद्दामा तारिख खेप्न वारेसको सुविधा दिएको हो ।

अब मुद्दाको तारेखको दिन प्रधानमन्त्री शाहको साटो उनका वारेस गएर पनि तारिख लिन पाउनेछन् । यसअघि सर्वोच्च अदालतले शाहलाई यस्तो सुविधा दिएको थिएन ।

तीन वर्षदेखि शाहविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा चलिरहेको छ । उच्च अदालत पाटनले तीन वर्षअघि सिनेमा हलहरूमा हिन्दी सिनेमा नरोक्न अन्तरिम आदेश दिएको थियो । त्यो आदेशलगत्तै तत्कालीन मेयर शाहले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर अधिवक्ता वर्षा झाले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?