४ वैशाख, बैतडी । बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर पाँचजना घाइते भएका छन् । पुर्चाैडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बर र सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ को मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
दुवै चालकसहित पछाडी सवार पुर्चाैडी नगरपालिका–५ हिक्मत कुँवर, सिगास गाउँपालिका–९ का ३४ वर्षीय जयबहादुर चन्द र सिगास गाउँपालिका– ९ का २६ वर्षीय केशवबहादुर चन्द घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4