+
+
Shares

कविता-एक पहाडेको बकपत्र

गाडी चढ्न दुई दसकको उमेर पार गर्नुपरेको थियो मैले
बिजुली बत्ती बल्छ भन्ने कुरा सुन्दा सपना झैँ लाग्थ्यो मलाई
बाकसजस्तो टिभीमा संसार देखिन्छ, भन्ने सुन्थ्यौँ हामीहरु
एक गाग्रो पानीका लागि घण्टौँ बिताएका हामी पहाडे
घरैमा पानी आउँछ भन्ने कुरालाई एकादेशका कथाझैँ गुन्थ्यौँ हामीहरु
ढिकी र जाँतोमा अभ्यस्त मेरा आमा भाउजूहरू
मिलका कुरा सुन्दा अचम्म मान्थ्यो पहाड
जन्मदैदेखि यी सुविधासँग अभ्यस्त मधेश
म भने दियालोको सट्टा टुकी पाउँदा मक्ख पर्दै रहेँ
कसरी आज म सुविधाभोगी भएँ ?

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १३ गते १२:११

 भागवत आचार्य

Bhagawat-Acharyaउन्नाइस वर्षको उमेरमा
पहिलो पटक मधेशको वैभव देख्न पाएँ
म आज कसरी सुविधाभोगी भएँ ?

गाडी चढ्न दुई दसकको उमेर पार गर्नुपरेको थियो मैले
बिजुली बत्ती बल्छ भन्ने कुरा सुन्दा सपना झैँ लाग्थ्यो मलाई
बाकसजस्तो टिभीमा संसार देखिन्छ, भन्ने सुन्थ्यौँ हामीहरु
एक गाग्रो पानीका लागि घण्टौँ बिताएका हामी पहाडे
घरैमा पानी आउँछ भन्ने कुरालाई एकादेशका कथा झैँ गुन्थ्यौँ हामीहरु
ढिकी र जाँतोमा अभ्यस्त मेरा आमा भाउजूहरू
मिलका कुरा सुन्दा अचम्म मान्थ्यो पहाड
जन्मदैदेखि यी सुविधासँग अभ्यस्त मधेश
म भने दियालोको सट्टा टुकी पाउँदा मक्ख पर्दै रहेँ
कसरी आज म सुविधाभोगी भएँ ?

मधेश नै पहाड गएर अक्षर चिनायो मलाई
मधेशी नभए जनशक्ति पाउँदैन अहिले पनि पहाड
डेढ घन्टा हिँडेर स्कुलको मुख देख्न पाउने म
दुई दिन हिँडेरमात्र अस्पताल टेक्न पाउने म
झारफूकको भरमा संयोगले बाँचेको म
थाहा छैन आज
कसरी अनायासै मधेशीको शोषक बन्न पुगे म ?

माले गोरुको पुच्छर समातेर
बर्खाको लैकू खोला तर्न बानी परेको म
पुल र पुलेसाबाट गाडी हिडाएको देख्दा
टोलाएको अस्तिजस्तो लाग्छ, मलाई,
साबुनले नुहाउन पाउँदा मक्ख पथ्र्यो मेरा पालाको पहाड
मधेश झर्दा ‘पहाड गहृनायो’ भन्थ्यो मलाई मधेश
सुकिला मान्छे देख्दा घरभित्र पस्ने हामी पाखे
अनायासै म कसरी आज मधेशीमारा
सामन्ती हुन पुगेँ ?
भनिदेऊ न म कसरी अभिजात्यवादी बन्न पुगेँ ?

हो, पाखे हुँ तर हीनताबोध छैन मलाई
मेहनतको उज्यालोले मार्गदर्शन गर्‍यो सदैव मलाई
ऊर्जा दिइरहृयो मलाई इमानको न्यानोपनले
तर आज अनायास
किन नाकाबन्दीमा परेँ म मधेशी मित्रहरूको
घरमा आगो लाएर खरानीमा रमाउने
आधुनिक कालिदास प्रभृत्तिका
हे नव आगन्तुक मधेशीहरू हो !
भूमिपुत्रहरूलाई शोषण गरिसकेपछि
किन पहाडतिर सोझिँदैछ औँला तिमीहरूको
‘स्वबन्धुर्विश्वमानवः’ को संस्कार लिनुपर्ने बेला
किन बीज रोपियो पहाड मधेशको ?
सारा आकाश आफ्नो बनाउने बेला
किन गमला प्रिय छ तिमीहरूको ?

थाहा छैन किन हो,
अनेक उज्याला पाएर पनि
सधैँ अँध्यारो भेट्छ मधेश ?
परिवारका सदस्यलाई बैरी बनाएर
परत्रबाट सुखको पियास मेट्छ मधेश,
सबै अवसरमा आरक्षण पाएर पनि
अधिकारबाट बञ्चित भएको ठान्छ मधेश,
आफ्नोभन्दा
अंगीकृत नागरिकको चिन्ता मान्छ मधेश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?