+
+
Shares

प्रधानमन्त्रीले नयाँ सरकार गठनको बाटो खोले

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १५ गते १४:०५

Sushil-Koirala-At-Samsad१५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने बाटो खोलिदिएका छन् । तर, पदबाट राजीनामा दिएको औपचारिक घोषणा भने गरेनन् ।

व्यवस्थापिका संसदको शुक्रबारको दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

संविधानको घोषणा भएपछि पदीय जिम्मेवारीबाट मुक्त हुने आफनो सार्वजनिक प्रतिवद्धता स्मरण गर्दै उनले भने-‘संविधानको विद्यमान व्यवस्था र मेरो सार्वजनिक प्रतिबद्धता अनुरुप नयाँ प्रधानमन्त्री चयनको संवैधानिक प्रक्रिया अघि बढाउन सम्माननीय राष्ट्रपति महोदयलाई अनुरोध गर्न व्यवस्थापिका संसदको यो बैठक पछि जानेछु ।’उनले आफूले पदबाट राजीनामा दिएको औपचारिक घोषणा भने गरेनन् । उनी बैठक लगतै राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । नयाँ संविधान अनुसार संसद अधिवेशन भएको सातदिनभित्र सहमतिको सरकार गठन गर्नु पर्ने संवैधानिक व्यवस्था छ । दलहरुबीच सहमति नजुटे बहुमतीय प्रक्रिया सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?