+

फागुरामको दुई गोलमा प्लानिङ ब्वाइजको जित

२०८२ माघ  २१ गते १८:०६ २०८२ माघ २१ गते १८:०६
फागुरामको दुई गोलमा प्लानिङ ब्वाइजको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुराम थारुको दुई गोल मद्दतमा प्लानिङ ब्वाइजले राष्ट्रिय लिग फुटबलमा फ्रेन्ड्स क्लबलाई २-० ले पराजित गरेको छ।
  • सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङले ५२औं र ८०औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेको हो।
  • प्लानिङ ब्वाइजले लिगमा चौथो जित हासिल गरी एपीएफ, एनआरटी र मछिन्द्रसँग समान १३ अंक जोडेको छ।

२१ माघ, काठमाडौं । फागुराम थारुको दुई गोल मद्दतमा प्लानिङ ब्वाइजले राष्ट्रिय लिग फुटबलमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङले फ्रेन्ड्सलाई २-० ले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएक थियो । फागुरामले ५२औं र ८०औं मिनेटमा गोल गर्दै प्लानिङलाई जित दिलाए ।

लिगमा प्लानिङ ब्वाइजको यो चौथो जित हो । प्लानिङले एपीएफ, एनआरटी र मछिन्द्रसँग समान १३ अंक जोडेको छ ।

 

प्लानिङ ब्वाइज युनाइटेड राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय