+

बंगलादेशसँग पराजित भएसँगै नेपाल साफ यू-१९ महिला च्याम्पियनसिपबाट बाहिरियो

२०८२ माघ  २१ गते १७:४९ २०८२ माघ २१ गते १७:४९
बंगलादेशसँग पराजित भएसँगै नेपाल साफ यू-१९ महिला च्याम्पियनसिपबाट बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल साफ यू-१९ महिला च्याम्पियनसिपको लिग चरणबाटै बाहिरिएको छ।
  • पोखरा रंगशालामा भएको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४-० ले पराजित भएको हो।
  • नेपालले पहिलो खेलमा भारतसँग १-० ले पराजित भई दोस्रो खेलमा भुटानलाई २-१ ले हराएको थियो।

२१ माघ, काठमाडौं । नेपाल साफ यू-१९ महिला च्याम्पियनसिपको लिग चरणबाटै बाहिरिएको छ ।

पोखरा रंगशालामा बुधबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ४-० ले पराजित भएसँगै नेपाल बाहिरिएको हो । फाइनल पुग्ने लक्ष्य राखेपनि पूरा हुन सकेन ।

नेपाल पहिलो खेलमा भारतसँग १-० ले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई २-१ ले हराएको भएपनि तेस्रो खेलमा पराजित भएको हो ।

बंगलादेश र भारत शीर्ष दुईमा रहेर फाइनल प्रवेश गरेका छन् ।
साफ यू-१९ महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय