+

एक्सट्रिम इनर्जीको लोगोअंकित महिला क्रिकेट टिमको जर्सी सार्वजनिक

२०८२ माघ  २१ गते १५:३५ २०८२ माघ २१ गते १५:३५
एक्सट्रिम इनर्जीको लोगोअंकित महिला क्रिकेट टिमको जर्सी सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
  • एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेटको विकासमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

२१ माघ, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच भएको जर्सी प्रायोजन सम्झौताअन्तर्गत एक्सट्रिम इनर्जीको लोगोअंकित जर्सी सार्वजनिक गरिएको हो।

क्यान र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच दुई वर्षे जर्सी प्रायोजन सम्झौता माघ २ गते शुक्रबार सम्पन्न भएको थियो। सोही सम्झौताअनुसार तयार पारिएको नयाँ जर्सी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

बुधबार आयोजित जर्सी अनावरण कार्यक्रममा क्यानका पदाधिकारी, राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी, एक्सट्रिम इनर्जी ड्रिंक्सका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेट, विशेषगरी महिला क्रिकेटको विकासमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। जर्सी प्रायोजनले खेलाडीलाई प्रोत्साहन, आत्मविश्वास तथा व्यावसायिक वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

यस सहकार्यले टोलीको तयारी, मनोबल र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव मेहताले निजी क्षेत्रबाट प्राप्त सहयोगले नेपाली क्रिकेटको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। नयाँ जर्सीले महिला क्रिकेट टोलीको पहिचान अझ सशक्त बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई थप गौरवान्वित बनाउने विश्वास पनि व्यक्त गरिएको छ।

यसैबीच, एक्सट्रिम इनर्जी ड्रिंक्सले आईसीसी मेन्स टी–२० विश्वकपका खेल हेर्न स्टेडियम पुग्ने समर्थकहरूलाई वानखेडे स्टेडियममा २ हजार थान नेपाली क्रिकेट टोलीको जर्सी निःशुल्क वितरण गर्ने जानकारी दिएको छ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

एक्सट्रिम इनर्जी नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय