News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोनाले अल्बासेटेलाई २-१ ले पराजित गर्दै कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ।
- लामिन यामलले ३९औं मिनेटमा र रोनाल्ड अराउजोले गोल गरे।
- जाभी मवरेनोले ८७औं मिनेटमा अल्बासेटेको लागि गोल फर्काए।
२१ माघ, काठमाडौं । लामिन यामल र रोनाल्ड अराउजोको गोलमा अल्बासेटेलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको भएको पहिलो क्वाटरफाइनलमा बार्सिलोनाले अल्बासेटेलाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो । यामलले ३९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
अराउजोले ५६औं मिनेटमा अग्रता दोब्बर पारे । अल्बासेटेका लागि जाभी मोरेनोले ८७औं मिनेटमा एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।
अन्य क्वाटरफाइनलमा भ्यालेन्सिले एथ्लेटिक विल्वाओ, अलाभेजले रियल सोसिडाड तथा एट्लेटिको मड्रिडले रियल बेटिससँग खेल्नेछ ।
प्रतिक्रिया 4