+

राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दी र संकटाले बाँडे अंक

२०८२ माघ  २० गते २२:०५ २०८२ माघ २० गते २२:०५
राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दी र संकटाले बाँडे अंक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबले राष्ट्रिय लिग फुटबलमा २० माघ दशरथ रंगशालमा गोलरहित बराबरी खेले।
  • मनाङले ६ खेलमा पहिलो पटक बराबरी खेलेको हो र ७ अंकसहित आठौं स्थानमा उक्लिएको छ।
  • संकटाले ६ खेलमा १ जित, ३ बराबरी र २ हारबाट ६ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ।

२० माघ, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबले राष्ट्रिय लिग फुटबलमा मंगलबार बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा मनाङ र संकटाले गोलरहित बराबरी खेले । दुवै टोलीले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

मनाङको यो ६ खेलमा पहिलो बराबरी हो । सुरुवाती तीन खेलमा लगातार पराजित भएको मनाङले त्यसपछि लगातार दुई खेल जित्दै लय लिएको थियो ।

६ खेलबाट ७ अंक जोडेको मनाङ मर्स्याङ्दी आठौ स्थानमै उक्लेको छ ।

संकटाको भने ६ खेलमा यो तेस्रो बराबरी हो । ६ खेलमा १ जित ३ बराबरी र २ हारबाट ६ अंक जोडेको संकटा नवौं स्थानमा उक्लेको छ ।

राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय