+

एसियन इन्डोर एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने

२०८२ माघ  २० गते १८:२५ २०८२ माघ २० गते १८:२५
एसियन इन्डोर एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको तियानजिनमा फेब्रुअरी ६ देखि ८ गतेसम्म १२औं एसियन इन्डोर एथ्लेटिक्स च्याम्पियनसिप हुँदैछ।
  • नेपालबाट सोम बहादुर कुमाल, मुकेश बहादुर पाल र सलिम देवानले विभिन्न दौड र लङजम्पमा प्रतिस्पर्धा गर्नेछन्।
  • नेपाली टोली मंगलबार राती चीन प्रस्थान गर्ने र प्रशिक्षकमा उषा कर्ण चौधरी छन् भने उपाध्यक्ष सन्तोष कुमार ढकाल अफिसियल छन्।

२० माघ, काठमाडौं । चीनको तियानजिनमा यही फेब्रुअरी ६ देखि ८ तारिख (माघ २३ देखि २५ गते) सम्म आयोजना हुने १२औं एसियन इन्डोर एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

च्याम्पियनसिपमा नेपालबाट सोम बहादुर कुमाल, मुकेश बहादुर पाल र सलिम देवानले प्रतिस्पर्धा गर्नेछन् ।

सोमले पुरुष ४०० मिटर, ८०० मिटरमा प्रतिस्पर्धा गर्नेछन् भने मुकेशले १५०० मिटर र ३००० हजार मिटरमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै सलिमले ६० मिटर, लङजम्ममा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै नेपाली टिमको प्रशिक्षकमा उषा कर्ण चौधरी छन् भने अफिसियलमा नेपाल एथ्लेटिक्स संघका उपाध्यक्ष रिटायर्ड जर्नल सन्तोष कुमार ढकाल छन् ।

नेपाली टोली मंगलबार राती चीन प्रस्थान गर्ने एथ्लेटिक्स संघका सचिव आरके विष्टले जानकारी दिए ।

नेपाली टोलीलाई मंगलबार राखेपका सदस्यसचिव रामचरित्र मेहताले बिदाइ गरे ।

एसियन इन्डोर एथ्लेटिक्स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय