+

राष्ट्रिय लिगमा एपीएफको शतप्रतिशत विजय यात्रा रोकियो

२०८२ माघ  २० गते १७:३६ २०८२ माघ २० गते १७:३६
राष्ट्रिय लिगमा एपीएफको शतप्रतिशत विजय यात्रा रोकियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपीएफ एफसीले राष्ट्रिय लिग फुटबलमा एनआरटीसँग गोलरहित बराबरी खेल्दै शतप्रतिशत विजय यात्रा रोकिएको छ।
  • एपीएफ र एनआरटीले समान १३ अंक जोडेको छन् तर एपीएफले ५ खेल खेल्दा एनआरटीले ६ खेल खेलेको छ।
  • एपीएफ शीर्ष स्थानमा छ, एनआरटी दोस्रो र मछिन्द्र तेस्रो स्थानमा छ, तीनै टोलीको समान १३ अंक छ।

२० माघ, काठमाडौं । विभागीय टोली एपीएफ एफसीले राष्ट्रिय लिग फुटबलमा एनआरटीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

यो बराबरीपछि लिगमा एपीएफको शतप्रतिशत विजय यात्रा रोकिएको छ । एपीएफको बराबरीपछि लिगमा अब शतप्रतिशत नतिजा निकाल्ने कुनै पनि टोली छैन ।

लगातार चार खेल जितेपछि एपीएफ एनआरटीसँग बराबरीमा रोकिएको हो । एपीएफले राष्ट्रिय लिगमा अपराजित यात्रा भने कायम राखेको छ ।

पहिलो खेलमा पराजित भएको एनआरटीले पनि लगातार चार जितपछि पहिलो बराबरी खेलेको हो । एपीएफ र एनआरटीले समान १३ अंक जोडेको छ । तर एपीएफले ५ खेल खेल्दा एनआरटीले ६ खेल खेलिसकेको छ ।

अंकतालिकामा यी दुई टोली मछिन्द्र एफसीलाई पछि पार्दै शीर्ष दुईमा उक्लेका छन् । मछिन्द्रले पनि चार जितपछि पहिलो बराबरी खेल्दै ५ खेलबाट १३ अंक नै जोडेको छ ।

तीन टोलीको समान १३ अंक छ । एपीएफ र एनआरटी गोलअन्तरमा मछिन्द्रभन्दा अघि छन् । अपराजित एपीएफ शीर्ष स्थानमा छ भने एनआरटी दोस्रोमा छ । मछिन्द्र तेस्रो स्थानमा झरेको छ ।

राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय