News Summary
Generated by OK AI. Editorially reviewed.- जावलाखेल युथ क्लबले राष्ट्रिय लिग फुटबलमा बाराको नव जनजागृति युवा क्लबलाई ४-० ले पराजित गरेको छ।
- जावलाखेलले पाँच खेलबाट २ जित र ३ हारपछि ६ अंक जोडेर आठौं स्थानमा उक्लेको छ।
- नव जनजागृतिले लगातार पाँचौ हार भोग्दै अंकविहीन भएर अंकतालिकाको पूछारमा झरेको छ।
२० माघ, काठमाडौं । जावलाखेल युथ क्लबले राष्ट्रिय लिग फुटबलमा मंगलबार बाराको नव जनजागृति युवा क्लबलाई ४-० ले पराजित गरेको छ । लिगमा जावलाखेलको यो दोस्रो जित हो ।
५ खेलबाट २ जित र ३ हारपछि ६ अंक जोडेको जावलाखेल अंकतालिकामा आठौं स्थानमा उक्लेको छ । नव जनजागृतिको भने यो लगातार पाँचौ हार हो । अंकविहीन रहेको नव जन जागृति अंकतालिकाको पूछारमा झरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा जावलाखेलका लागि हरिश राज भट्ट, बोउबाखर सिसिको, युवराज दाहाल र धर्बेन्द्र कुँवरले एक-एक गोल गरे ।
हरिशले आठौं मिनेटमै गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । विदेशी खेलाडी सिसिखोले ३०औ र युवराजले ४३औं मिनेटमा गोल गरेपछि जावलाखेलले पहिलो हाफमै ३-० को अग्रता बनाएको थियो ।
धर्बेन्द्रले ८६औं मिनेटमा गोल गर्दै जावलाखेललाई फराकिलो जित दिलाए ।
प्रतिक्रिया 4