+

साफ यू-२० च्याम्पियनसिप : नेपालको पहिलो खेल भुटानसँग

२०८२ माघ  २० गते १४:०३ २०८२ माघ २० गते १४:०३
साफ यू-२० च्याम्पियनसिप : नेपालको पहिलो खेल भुटानसँग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले साफ यू-२० च्याम्पियनसिप २०२६ को पहिलो खेलमा मार्च २३ मा भुटानसँग खेल्नेछ।
  • नेपाल समूह ए मा माल्दिभ्स र श्रीलंका सँगै छन् भने समूह बी मा बंगलादेश, भारत र पाकिस्तान छन्।
  • नेपालले साफ यू-२० च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ८० खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको छ।

२० माघ, काठमाडौं । नेपालले साफ यू-२० च्याम्पियनसिप २०२६ को पहिलो खेलमा भुटानसँग खेल्ने भएको छ ।

दक्षिण एसियाली पुटबल महासंघ (साफ) ले मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ए मा रहेको नेपालले मार्च २३ मा पहिलो खेलमै भुटानसँग खेल्नेछ ।

नेपाल र भुटानसहित आयोजक माल्दिभ्स र श्रीलंका समूह ए मा छन् । बंगलादेश, भारत र पाकिस्तान समूह बी मा छ ।

नेपालले दोस्रो खेल मार्च २५ मा श्रीलंका र तेस्रो खेल मार्च २७ मा घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल अप्रिल १ मा फाइनल अप्रिल ३ मा हुनेछ ।

नेपालले साफ यू-२० च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ८० खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको छ ।

साफ यू-२० च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय