News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल तेक्वान्दो संघले चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको मिति परिवर्तन गर्दै फागुन ४ देखि ८ गतेसम्म हुने जानकारी गराएको छ ।
- प्रतियोगितामा नेपालसहित २० भन्दा बढी देशका १५०० भन्दा बढी महिला तथा पुरुष खेलाडी सहभागी हुने तेक्वान्दो संघले बताएको छ ।
- प्रतियोगितामा क्याडेटदेखि सिनियर उमेर समूहका खेलाडीले ग्यरोगी र पुम्से दुवै विधामा ७४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
२१ माघ, काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा हुने चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको मिति परिवर्तन भएको छ ।
परिवर्तित मिति अनुसार प्रतियोगिता अब फागुन ४ देखि ८ गतेसम्म आयोजना हुने नेपाल तेक्वान्दो संघले जनाएको छ ।
यसअघि तेक्वान्दो संघले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १ देखि ६ गतेसम्म आयोजना हुने जनाएको थियो ।
चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२६ (डब्लु टी जी-१) तथा दोस्रो माउन्ट एभरेष्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता–२०२६ (डब्लु टी जी-१) एकै साथ हुनेछ ।
प्रतियोगितामा नेपालसहित करिब २० भन्दा बढी देशका १५ सयभन्दा बढी महिला तथा पुरुष खेलाडी सहभागी हुने तेक्वान्दो संघले जानकारी गराइसकेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगिता आयोजना गरी नेपाली खेलाडीलाई अवसर प्रदान गर्ने, खेलकुदमार्फत अन्तर्राष्ट्रिय मित्रता विकास गर्ने र पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको नेपाल तेक्वान्दो संघले जनाएको छ।
यसअघि सन् २०११ र २०१३ मा काठमाडौँमा तथा सन् २०२२ मा पोखरामा यस प्रतियोगिताका अघिल्ला संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।
विश्व तेक्वान्दो महासंघबाट वरियताको मान्यता प्राप्त (डब्लु टी जी-१) प्रतियोगिता भएकाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्वाधार र व्यवस्थापन गरिएको आयोजकको भनाइ छ ।
प्रतियोगिताको लागि नाम दर्ता गर्ने अन्तिम मिति माघ २७ गतेसम्म रहेको छ ।
ग्यरोगी (फाइट) र पुम्से (फर्म) दुवै विधामा क्याडेट (१२–१४ वर्ष) देखि सिनियर (१८ वर्ष माथि) सम्मका उमेर तथा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा कुल ७४ स्वर्ण पदक का लागि खेल हुनेछ।

प्रतिक्रिया 4