Comments Add Comment

नाकाबन्दी फिर्ता लिन मधेसी मोर्चालाई सरिता गिरीको आग्रह

१५ असोज, काठमाडौं । नेपाल सद्भावना पार्टीका सहअध्यक्ष सरिता गिरीले नाकाबन्दी फिर्ता लिन मधेसी मोर्चालाई आग्रह गरेका छन् ।

Sarita-Giriसरकारले मधेसी मोर्चाले अघि सारेको सीमांकन बाहेकका अधिकांश माग सम्बोधन गरेपछि गिरीको यो आग्रह आएको हो ।

तर, आफूले सरकारले माग सम्बोधन गरेकाले नभइ आन्दोलन उत्कर्षमा पुगकोले स्वरुप परिवर्तन गर्नु पर्ने उनले अनलाइनखबरलाई बताइन् ।

मधेसमा मानव साङ्लो प्रदर्शन सफल आन्दोलनको उत्कर्ष भएको भन्दै गिरीले भनिन्-‘आन्दोलन समाप्त भएको छैन । तर, दशगजा नाकाबन्दी कार्यक्रम परिर्वतन गर्न आवश्यक छ, किननकी आम जनजीवन अत्यन्त कष्टकर रइरहेको छ ।’

तर, सरकारले आन्दोलनमा फेरि दमन गरे नाकाबन्दीको कार्यक्रम दोहोर्‍याउन सकिने बताइन् । सरकारले आन्दोलनमा चरम दमन गरेपछि नै नेपाल भारत सीमाको दशगजा क्षेत्रमा धर्नामा बस्नु परेको उनले बताइन् ।

सद्भावना पार्टीकी सहअध्यक्ष गिरीले मधेसको आन्देालनलाई सही ट्रकमा ल्याउने मधेसी मोर्चाको जिम्मेवारी भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment