Comments Add Comment

सहमतिको सरकार बन्दैनः ओली

Kp-oli१६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सरकार नबन्ने बताएका छन् ।  राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि आहृवान गरेको भोलिपल्ट प्रधानमन्त्रीका प्रमुुख दाबेदारका रुपमा हेरिएका ओलीले यस्तो बताएका हुन् ।

शनिबार राजधानीमा युवा संघ नेपालको केन्द्रीय समितिको बैठकको उद्घाटन गर्दै ओलीले बहुमतीय प्रक्रियाभित्र सहमति हुने बताए । ‘अहिले सहमतिको सरकार बन्दैन होला कि !’ ओलीले भने- सहमतिको सरकार बनेन भने पनि बहुमतीय आधारमा सहमति हुन्छ ।’
तर, उनले अब बन्ने सरकारको नेतृत्वबारे भने केही बताएनन् ।

भारतसँगको असहमति धेरै दिन रहँदैन

एमाले अध्यक्ष ओलीले नेपाल-भारतको असहमति धेरै दिन नरहने बताए । ‘विभिन्न समयमा भएका राष्ट्रिय सन्धी सम्झौताहरुका कुरा छन्’, ओलीले भने, ‘ती सन्धी सम्झौताहरुका कारण पनि असमझदारी धेरै दिन टिक्दैन ।’

देशभक्ति तमासा होइन

मन्तब्यका क्रममा आफ्ना अधिकांश समय युवा संघको विवादको विषयमा खर्चिएका एमाले अध्यक्ष ओलीले देशभक्ति कुनै तमासा बन्न नहुने बताए । ‘देशभक्ति कुनै तमासा हुनु हुँदैन, ओलीले भने-‘देशभक्ति भनेको राष्ट्रहितका लागि हुने हो ।’

ओलीले एमालेको कारणले नै नयाँ संविधान बन्न सकेको जिकिर गरे । एमालेको अडानकै कारण संविधान बन्न सकेको भन्दै ओलीले युवा कार्यकर्ताहरुलाई हौसाए ।

संविधान बनाएर अहिले खुशी हुने बेलामा भए पनि खुशी हुन नदिइएको ओलीले बताए ।

युवा संघको विवाद अन्त्य हुने संकेत

लामो समयदेखि दुई समानान्तर समिति सञ्चालन भएको युवा संघको विवाद शनिवारदेखि शुरु भएको केन्द्रीय समिति वैठकबाट अन्त्य हुने संकेत देखिएको छ ।

युवा संघका निवर्तमान अध्यक्ष रहेका उद्योग मन्त्री महेश बस्नेतले निरु पाललाई नेतृत्व हस्तान्तरण गरेपछि विवाद भएको युवा संघको शनिवारदेखि शुरु भएको बैठकमा असन्तुष्ट पक्षको पनि सहभागिता छ ।

संगठनभित्र रहेको विवादलाई सुल्झाउन आफू शुरुदेखि नै प्रयत्नशील रहेको भन्दै पालले यसै बैठकबाट अरुलाई नै संगठनको नेतृत्व हस्तान्तरण गर्ने बताइन् । ‘म सह इन्चार्ज भएर नेतृत्व अरु साथीहरुलाई दिने म घोषणा नै गर्दछु’ पालले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment