+
+
Shares

अकबरे खुर्सानी उत्पादन सन्तोषप्रद

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते १६:२९

१८ असोज, इटहरी । विगत लामो समयदेखि कृषिजन्य अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसियामा निर्यात गर्दै आएको ‘रिजाल टाँसी इन्डस्ट्रिज’ले यो वर्ष ठूलो परिमाणमा अचारका परिकार तयार गरेको छ ।

झन्डै तीन दशकदेखि इटहरीमा अकबरे खुर्सानीको अचार तथा कृषिजन्य कच्चापदार्थमा आधारित रहेर तयारी अचार, जुस केचप, सस लगायतका उत्पादन गर्दै आएको सो उद्योगले अहिले अकबरे खुर्सानीको अचार उत्पादनमा विशेष जोड दिँदै आएको छ ।

उद्योगका बजार प्रबन्धक विष्णु न्यौपानेका अनुसार यो वर्ष पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लामा उद्योगलाई आवश्यक पर्नेभन्दा बढी अकबरे खुर्सानी उत्पादन भएका कारण उद्योगले इलामको उत्पादनलाई पहिलो प्राथमिकता दिएर त्यहाँका किसानले उत्पादन गरेको खुर्सानी खरिदमा उद्योगले जोड दिएको बताए ।

विगत वर्षमा पूर्वी पहाडी जिल्लामा अकबरे खुर्सानी उत्पादन राम्रो नहुँदा उद्योगले पश्चिम नेपाल तथा भारतबाट समेत खुर्सानी आयात गर्न बाध्य हुने गरेकामा यो वर्ष भने उद्योगले इलामकै उत्पादनसमेत खरिद गर्न नसक्ने गरी धेरै उत्पादन भएकाले किसानले भने जति अकबरे किन्न नसकिएको न्यौपानेले बताए ।

रिजाल टाँसी इन्डस्ट्रिजले प्रतिकिलो रु २२० देखि  २५० रूपैयाँका दरले अकबरे खुर्सानी खरिद गरेर अचार तयारी गरिरहेको छ । उद्योगले यो याममा पूर्वी नेपालका किसानमध्ये जिल्लाका खुर्सानी उत्पादक किसानबाट उत्पादन भएका ३१ मेट्रिक टन अकबरे अचारका लागि खरिद भएको र अन्य स्थानका किसानबाट उत्पादन भएका अकबरे भने यो वर्ष उद्योगले खरिद नगरेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?