+
+
Shares

विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई निगरानीमा राख्न मन्त्रालयको पत्र

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते ७:०४

२० असोज, काठमाडौं । उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई निगरानीमा राख्न भन्दै गृह मन्त्रालयलाई पत्र पठाएको छ ।

भ्रष्टाचार अभियोगमा अख्तियारले कारबाहीको निर्देशन दिएपछि मन्त्रालय तानिएका काफ्लेले हाजिर हुन नमानेपछि निगरानीमा राख्न गृहमन्त्रालयलाई पत्राचार गरिएको हो ।

उर्जा सचिव राजेन्द्रकिशोर क्षत्रीले हस्ताक्षर गरी पठाएको पत्र गृह मन्त्रालयमा पुगिसकेको राजधानी दैनिकमा खबर छ ।
‘मन्त्रालयमा हाजिर हुन निर्देशन दिएकोमा अस्वीकार गरेकाले विभागीय कारबाहीका लागि सिफारिस भएको व्यक्तिले हतारमा विभिन्न निर्णय गर्न सक्ने भएकाले निगरानीका लागि पत्र लेखेको हो,’ उर्जा सचिव क्षेत्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?