Comments Add Comment

भारतीय दूतावासले नेपाल आयल निगमसँग पेट्रोल माग्यो

indian-ambessy-at-KTM२० असोज, काठमाडौं । भारतले नेपालविरुद्ध लादेको अघोषित नाकाबन्दीबाट इन्धन अभाव चर्किएका बेला काठमाडौंस्थित भारत लगायत विभिन्न दूतावास तेल माग्न नेपाल आयल निगम पुगेका छन् ।

उनीहरुले दैनिक कामकाज रोकिने अवस्था आएपछि तेल उपलब्ध गराइदिन सोमबार परराष्ट्र मन्त्रालयमार्फत निगमलाई लिखित आग्रह गरेका हुन् । भारतीय दूतावासभित्र उसले आफ्नै पेट्रोल पम्प छ । भित्रै तेल सकिएपछि दूतावास निगमको शरणमा पुगेको नागरिकमा खबर छ ।

भारतीय दूतावास जस्तै नेपालमा रहेका कूटनीतिक नियोगमध्ये १५ वटामा तेल सकिएको छ । सबैले परराष्ट्रमन्त्रालयमार्फत पत्राचार गरी तेल मागेको निगमसम्बद्ध स्रोतले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment