+
+
Shares

इटालियन फेसन ब्रान्ड ‘दा मिलानो’ दरवारमार्गमा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते १०:२५

Da Milano Italia

२० असोज, काठमाडौं । प्रख्यात इटालियन फेसन ब्रान्ड ‘दा मिलानो इटालीया’ नेपाल भित्रिएको छ । राजधानीको व्यापारिक क्षेत्र दरवारमार्गमा यसको भव्य शो-रुम खोलिएको छ ।

दा मिलानोका उच्चस्तरीय लेदर प्रोडक्टहरुले विश्वभर फेसन पारखीको मन जित्न सफल भएका छन् । नेपालको व्यापारिक समूह आरपी ग्रुपले दा मिलाने नेपाल भित्राएको हो ।

दुइवटा शो-रुम खोल्ने योजनाअनुरुप पहिलो शो-रुम दरवारमार्गमा खोलेको आरपी ग्रुपका अध्यक्ष रुपेश पाण्डेले जानकारी दिए । अब दा मिलानोका पारखीहरु भारत वा बैंकक गएर सपिङ गर्नपर्ने झण्झटबाट मुक्त हुने उनको विश्वास छ ।

Da Italino Italia

‘दा मिलानोका पछिल्ला उत्पादनहरु हामी कम मूल्यमै नेपाली बजारमा उपलब्ध गराउँछौं’ अध्यक्ष पाण्डेले भने- ‘मलाई विश्वास छ, दा मिलानोले नेपाली उपभोक्ताको विश्वास जित्नेछ ।’

दा मिलानेका पुरुष तथा महिलाका लागि हृयाण्ड ब्याग, बेल्ट, कम्प्युटर ब्याग, आइप्याड कभर, वालेट, ट्राभल लगेज, पेन तथा भिजिटिङ कार्ड केस लगायतका उत्पादनहरु लोकप्रिय रहेका छन् ।

दा मिलानोसँगै उसको अर्को ब्रान्ड रोसो ब्रुनेलो पनि नेपाल भित्रिएको छ । रोसोको फोकस महिला तथा पुरुषका लेदर जुत्तामा रहेको छ ।
Da Miano Italia 2Da Milano Italia 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?