+
+
Shares

एनआरएनको साझेदारीमा वैदेशिक रोजगार सूचना केन्द्र स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २१ गते २१:०३

Foreign employment information centre kathmandu (1)

काठमाडौं । गैरआवासीय नेपाली संघको साझेदारीमा काठमाडौंको श्रमग्राममा ‘वैदेशिक रोजगार सूचना तथा परामर्श केन्द्र’ स्थापना भएको छ ।

श्रम तथा रोजगारराज्यमन्त्री टेकबहादुर गुरुङले बिहीबार केन्द्रको उद्घाटन गरेका छन् । वैदेशिक रोजगार प्रर्बद्धन बोर्डको अग्रसरता तथा गैरआवासीय नेपाली संघ र अन्तराष्ट्रिय श्रम संगठनको सहकार्यमा सूचना केन्द्र स्थापना भएको हो ।

सूचना केन्द्रको भौतिक पूर्वाधार निर्माणका लागि अन्तराष्ट्रिय श्रम संगठनले सहयोग गरेको हो भने गैरआवासीय नेपाली संघको सक्रियतामा यसलाई सञ्चालन गरिने छ ।

Foreign employment information centre kathmandu (4)

वैदेशिक रोजगार बिभागसमेत रहेको श्रमग्राम परिसरमा स्थापित यो केन्द्रले विदेश जान चाहने नेपालीहरुलाई सम्बन्धित देशको नियम कानून, तलव तथा अन्य अत्याबश्यक बिषयमा जानकारी प्रदान गर्ने छ ।

केन्द्रमा गैरआवासीय नेपाली संघले सूचना अधिकारी र कानुनी परामर्शदाताको ब्यबस्था गर्ने छ । यसैगरी संघले रोजगार गन्तब्य मुलुकमा तीन-तीन जनाको स्रोत ब्यक्तिहरुको समूह ब्यबस्था गर्ने छ जसले आबश्यक सूचना र सहयोग प्रदान गर्नेछन् ।

सूचना केन्द्रसँगै श्रम संगठनले अभिमुखीकरण तालिम केन्द्रसमेत बनाइदिएको छ जसमा बिभिन्न देशका बिषयमा बनाइएका डकुमेन्ट्री प्रर्दशन गर्नुका साथै अभिमुखीकरण तालिमसमेत दिइने छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले वैदेशिक रोजगारीमा हुने ठगीको स्रोत नै गलत सूचना भएकाले सही सूचना प्रबाहका लागि केन्द्र स्थापना गर्नुपरेको बताए ।

Foreign employment information centre kathmandu (3)

केन्द्र संचालनका लागि संघले एकजना वकिल र दुई जना सूचना अधिकारी राख्ने छ जसले श्रम गन्तब्य मुलुकमा रहेका एनआरएन राष्ट्रिय समन्वय समितिसँग समन्वय गर्ने छ । संघले ती मुलुकमा तीन-तीन जना स्रोत ब्यक्तिहरुको ब्यबस्था गर्ने छ जसले काठमाण्डौस्थित सूचना केन्द्रका अधिकारीहरुलाई सूचना र सहयोग उपलब्ध गराउनेछन् ।

श्रमराज्य मन्त्री गुरुङले दुई बर्ष अगाडी आफुले देखेको सपना आफ्नो कार्यकाल सकिनैलाग्दा पुरा भएकोमा खुसी ब्यक्त गरे । उनले केन्द्रको संचालन तथा विस्तारका लागि गैरआवासीय नेपाली संघको महत्वपूर्ण भूमीका हुने भन्दै सरकारले संघका तर्फबाट थप लगानीको अपेक्षा गरेको बताए ।

Foreign employment information centre kathmandu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?