+
+
Shares

दशैंमा पनि सुनसान देखिए राजधानीका सपिङ मल (फोटोकथा)

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २२ गते १७:२२

Shoping Mall (7)

२२ असोज, काठमाडौं । नेपालीहरुको महानचाड दशैंमा राजधानीका व्यापारिक केन्द्र तथा सपिङ कम्पलेक्सहरु ग्राहकले भरिभराउ हुन्थे । व्यवसायीलाई आफ्नो सामान बिक्री गर्न भ्याई नभ्याई हुन्थ्यो ।

तर, यसवर्ष बडादशैं सुरु हुन पाँच दिनमात्र बाँकी रहँदा समेत राजधानीका सपिङ कम्पलेक्सहरु सुनसान देखिएका छन् । सपिङ मलहरुमा सामान्य दिनमा जति पनि ग्राहकको चहलपहल छैन । भारतीय नाकाबन्दी र मधेश आन्दोलनको प्रत्यक्ष प्रभाव व्यापारिक केन्द्रहरुमा परेको देखिन्छ ।

विनाशकारी भूकम्पले सुस्ताएको राजधानीको व्यापार दशैंमा सुधार हुने व्यवसायीहरुको अपेक्षा थियो । तर, दशैंको मुखमा मानविय भूकम्प गएपछि व्यापार व्यवसाय थप खस्किन पुगेको छ । मलहरुमा ग्राहक नभएपछि व्यापारीहरु फुर्सदिला देखिन्छन् ।

Shoping Mall (11)

पछिल्लो समय राजधानीबासीमा सपिङ कल्चर परिवर्तन भएको छ । जसले गर्दा ठूला ठूला सपिङ कम्पलेक्सहरु खुलिरहेका छन् । अहिले राजधानीमा दुई दर्जनभन्दा बढी ठूला सपिङ सेन्टर सञ्चालनमा रहेका छन् ।

राजधानीका प्रमुख सपिङ सेन्टरहरुमा सिटी सेन्टर, सिभल मल, वल्र्ड ट्रेड सेन्टर, काठमाडौं मल, बिशाल बजार, पिपुल्स प्लाजा, राइजिङ मल, रञ्जना मल, सिभिल मल, सिभिल ट्रेड सेन्टर, लगनखेल मल, केएल टावर लगायत रहेका छन् ।

अनलाइनखबरकर्मी राजधानीमा सञ्चालित मलहरुमा पुग्दा ग्राहकको उपस्थिती निकै न्यून देखिन्थ्यो । तेलको अभावले सवारी साधन नचल्दा धेरैजना बजारसम्म पुग्न सकेका छैनन् । त्यसो त दशैं मनाउनका लागि घर जान बसको टिकट बुकिङ नखुलेपछि मानिसमा सपिङ गर्ने जाँगर हराएर गएको पाइन्छ ।

Shoping Mall (17)

देशको पछिल्लो परिस्थितीले दशैं मुखमा आउँदा पनि मानिसहरु सपिङ गर्न मानसिक रुपमा तयार नभएको व्यवसायीहरु बताउँछन् । मलहरुका लागि दशैं तिहार सबैभन्दा बढी ब्यापार हुने समय हो ।

यसवर्ष नाकाबन्दीले पर्याप्त सामान समेत आउन सकेको छैन् । भारतसहित अन्य मुलुकबाट आउने समानहरु नाकाबन्दीका कारण भन्सारमै रोकिन पुग्दा मलहरुमा पनि लेटेष्ट डिजाइन र फेसनका समानहरु छैनन् ।
यही कारण पनि ग्राहकहरु मलमा सपिङका लागि जान चासो नदेखाएको हुनसक्छ । विषेशगरी मलहरुमा युवाहरुको आकर्षण हुने गरेकोमा तेलका अभावले युवाहरु आउन नसकेको एक व्यवसायीले बताए ।

Shoping Mall (3) Shoping Mall (4) Shoping Mall (6)Shoping Mall (8)Shoping Mall (9)Shoping Mall (10)Shoping Mall (11)Shoping Mall (12)Shoping Mall (13)Shoping Mall (14)Shoping Mall (15)
Shoping Mall (18)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?