+
+
Shares

चिनियाँ भेडा च्यांग्राको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २३ गते ६:४९

Goat२३ असोज, मुगु । दसैं नजिकिरहँदा यसपालि मुगुमा चिनियाँ खसी नआउने भएको छ । विगतका वर्षमा स्थानीय खसीभन्दा सस्तोमा पाउँदा नेपाली उपभोत्ता चिनियाँ खसीतिर आकषिर्त हुने गरेका थिए ।

यसपटक मूल्य बढ्दा व्यापारी मर्कामा परेका छन् । गत वर्ष प्रतिचिनियाँ खसी तिब्बतमा चिनियाँ रुपैयाँमा न्यूनतम छ सयदेखि अधिकतम नौ सयमा खरिद हुन्थ्यो । तर, अहिले चीनमै प्रतिखसी आठ सयदेखि एकहजार दुई सयमा बिक्री हुन थालेको नयाँ पत्रिकामा खबर छ ।

महँगोमा खसी ल्याएर घाटा बेहोर्नुभन्दा गाउँघरबाट स्थानीय खसी किनेर यो वर्षको चाडपर्वमा व्यापार गर्ने सोच राखेको खसी व्यापारी कुन्जोक लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?