Comments Add Comment

सरकारबारे दुबै मधेसी मोर्चाले भोलि निर्णय गर्ने

Madhesi-Morcha

२३ असोज, काठमाडौं । आन्दोलनरत दुई मधेसी मोर्चाले सरकार गठनमा आफ्नो भूमिकाबारे सोमबार मात्रै निर्णय गर्ने बताएका छन् ।

मधेसी मोर्चाका सांसदहरु पनि मतदान प्रक्रियामा सहभागी बन्ने संकेत देखिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसले मधेस केन्द्रीत दलहरुबाट मतको अपेक्षा गरेको छ ।

अहिलेसम्म ओलीलाई एमाओवादी, राप्रपा नेपालसहितका दलहरु समर्थन छ र बहुमत पुग्ने देखिएको छ । कांग्रेसको पक्षमा भने कुनै पार्टी पनि देखिएको छैन । तर, दुबै मधेसी मोर्चामा आवद्ध दलहरुले भने सरकारका विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबारे कुनै निर्णय भइनसकेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने-‘दलहरु आफैं निर्णय गर्न स्वतन्त्र छन् । हामीले कुनै निर्णय गरेका छैनौं । भोलि संसदीय दलको बैठक राखिएको छ ।’

मधेसी मोर्चामा आवद्ध सदभावनाका पाँच सभासदले राजीनामा दिएका छन् तर, स्वीकृत भएको छैन । मधेसी मोर्चामा संविधानसभामा रहेको तमलोपा र समसपा पनि आवद्ध छ ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले पनि सरकारबारे निर्णय गरेको छैन ।

मोर्चामा आवद्ध फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले अनलाइनखबरसँग भने- ‘अहिलेसम्म कसैले पनि भोट मागेका पनि छैनन् । हामीले निर्णय गरेका पनि छैनौं । भोलि मोर्चाको बैठक बसेर संस्थागत निर्णय गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment