+
+
Shares

प्रदेश १ को संसदीय समितिमा उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते १७:३४

२१ चैत, विराटनगर । प्रदेश १ को सातवटा संसदीय समितिको सभापतिका लागि मनोनयन दर्ता भएको छ ।

दलहरुबीच भएको पूर्वसहमति अनुसार नै सातवटा समितिमध्ये सत्तापक्ष नेकपाको तर्फबाट सभापतिका लागि छ जनाले मनोनयन दर्ता गराएका छन ।

प्रतिपक्ष नेपाली काग्रेसका तर्फबाट लेखा समितिको सभापतिका लागि शिवराम गनगाईले मनोनयन दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बाँकी छ मध्ये पूर्वएमालेले चार, पूर्व माओवादीले दुई वटामा मनोनय दर्ता भएको हो । जसअनुसार एमालेभित्र नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका तीन जना र माधव नेपाल समूहका एक जना परेका छन् ।

प्रमुख निर्वाचन अधिकृत तथा संसद सचिवालयका सचिव अम्बिकाप्रसाद चौंलागाईंले सातवटै समितिको सभापति पदका लागि मनोनयन गरेको बताए ।

प्रमुख निर्वाचन अधिकृत चौलागाईका अनुसार विशेष समितिको अर्थ समितिमा मोहनकुमार खड्का, सामाजिक विकास समितिमा सरिता थापा, उद्योग, पर्यटन तथा वातावरण समितिमा सीता थेवे, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा सर्वध्वज साँवाको मनोनयन परेको छ ।

त्यसैगरी न्याय, प्रशासन तथा विधायन समितिमा सांसद इन्द्रमणि पराजुली, सुशासन तथा योजना समितिमा अर्जुन राईको मनोनयन परेका छ ।

जसमध्ये सभापतिमा मनोनय दर्ता गराएमध्ये पूर्वएमालेभित्र माधव नेपाल समूह निकट मानिने सरिता थापा मात्र छिन् । बाँकी ओली समूहका छन् । पूर्व माओवादीबाट मोहनकुमार खड्का र सीता थेवे छन् । सभापतिहरुको निर्वाचन शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?