+
+
Shares

आन्दोलनमा उत्रिए ग्यास उद्योगी, बिक्री वितरण नै रोक्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते १७:१२

२१ चैत, काठमाडौं । ग्यास उद्योगीहरुले आन्दोलनको घोषणा गरेका छन् ।

१० बुँदे मागबारे २० गतेसम्म निर्णय गर्ने नेपाल आयल निगमको प्रतिवद्धता पुरा नभएको भन्दै नेपाल एलपी ग्यास उद्योग संघले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

संघले भोलिदेखि पीडीओ खरिद तथा ग्यास लोडिङ पूर्ण रुपमा बन्द गर्ने, २५ गतेदेखि लोड भएका बुलेटहरु पनि भन्सारबाट नछुटाउने र २८ गतेदेखि देशभरका ग्यास उद्योग बन्द गर्ने बताएको छ ।

चैत ३० गतेबाट ग्यास विक्री वितरण नै बन्द गर्ने एलपी ग्यास उद्योग संघले घोषणा गरेको छ ।

ग्यास उद्योगीहरुको मागबारे अध्ययन गर्न आयल निगमले अध्ययन समिति नै बनाएको थियो । तर, यसबारे कुनै निर्णय नभएकाले आन्दोलन घोषणा गरिएको संघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?