Comments Add Comment

नेपाल बारमा प्रजातान्त्रिक समूहको अग्रता

अब काठमाडौं उपत्यकाको मत गन्न बाँकी

२० चैत, काठमाडौं । नेपाल बार एशोसिएसनमा उपत्यका बाहिरको मत गणना सकिँदा प्रजातान्त्रिक समूहले अग्रता लिएको छ ।

उपत्यकाबाहिरको ३ हजार ४ सय ८७ मत गणना हुँदा अध्यक्षमा प्रजातान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेलले १७ सय ८७ र वामपन्थी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठले १५ सय ६१ मत ल्याएका छन् । पोखरेलले २ सय २६ मतले अग्रता लिएका हुन् ।

८ वटा उपाध्यक्ष पदमा पनि प्रजातान्त्रिक समूहले अग्रता लिएको छ । महिलामा कविता थापा कार्की, प्रदेश १ मा डिल्लीबहादुर कार्की, प्रदेश २ मा सुधीकरकुमार कार्की, प्रदेश ३ मा राजेश्वर अधिकारी, गण्डकी प्रदेशमा निरन्जनलाल राजभण्डारी, प्रदेश ५ मा सुनीलकुमार श्रेष्ठ, कर्णालीमा उत्तमप्रसाद आचार्य र प्रदेश ७ मा ठेकेन्द्रराज जोशीले अग्रता लिएका छन् ।

महासचिवमा पनि प्रजातान्त्रिक समूहका लीलामणि पौडेलले अग्रता लिएका छन् । पौडेलले १७ सय ९५ र वामपन्थी समूहका सुरेन्द्र थापामगरले १४ सय ९५ मत ल्याएका छन् ।

कोषाध्यक्षमा प्रजातान्त्रिक समूहका तेजबहादुर रावलले १६ सय ९४ र वामपन्थी समूहका रुद्रप्रसाद पोखरेलले १५ सय ७० मत ल्याएका छन् । अन्य पदहरुमा पनि प्रजातान्त्रिक समूहले अग्रता लिएको छ । नेपाल बार एशोसिएसनको २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि चैत १६ गते देशभरका ३५ मतदान केन्द्रमा मतदान भएको थियो ।

प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काका अनुसार अब उपत्यकाको ३८ सय ७४ मत गन्न बाँकी छ । जसमध्ये १२ सय ८९ मत बुधबार गणना हुँदैछ भने २५ सय ८५ मत बिहीबार गणना हुँदैछ ।

उपत्यकाबाहिरको मतगणना सकिँदाको मत परिणाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment