+
+
Shares

भारतीय दुई डिपोबाट भरियो ४३ ट्यांकर तेल

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १८:१५

Indian-Oil२४ असोज, काठमाडौं । भारतीय आयल कर्पोरेशन -आइओसी) ले आइतबार दिनभरमा ४३ ट्याकंरमा तेल भरिदिएको छ । आईओसीले आइतबार दुईवटा डिपोबाट मात्र तेल दिएपनि अन्य दिनभन्दा बढी तेल लोड दिएको निगमका प्रवक्ता दिपक बरालले जानकारी दिए ।

आईओसीले भारतमा सार्वजनिक विदा भएपनि सिलगुढी र गोन्डाको डिपोमा तेल लोड दिएको हो । गोन्डा डिपोले २६ ट्याकंर र सिलगुढीमा १७ ट्यांकरमा तेल भरिएको छ । गोन्डा नेपालगञ्ज पारीको डिपो हो भने सिलगुढी डिपो काँकडभिट्टाबाट पुगिन्छ ।

‘सबै ट्यांकरमा लोड दिइएको होइन । तर, आज जति दिइएको छ, त्यो हिजो-अस्तिको भन्दा केही बढी हो,’ बरालले भने, ‘यसअघि डिपोमा पुगेका ट्यांकरमध्ये १० प्रतिशतमा मात्रै लोड दिने गरेकामा आज २५ प्रतिशतसम्म लोड भएको छ ।’

आयल निगमले तेल लिन केही ट्यांकर आइतबार पनि भारत पठाएको छ । आईओसीले शनिबार सामान्य अवस्थाभन्दा बढी तेल दिने भन्दै निगमलाई ट्यांकर पठाउन भनेको थियो । तर, निगमका अधिकारी अघिल्लोपटक जस्तै धोका हुनसक्ने भन्दै सशंकित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?